आफैले बोकेको बन्दुक पड्किंदा ३ शिकारी घाइते

सुर्खेतपत्र संवाददाता 
नेपालगन्ज, १५ माघ ।
    जंगलमा बँदेलको पाठो समात्न गएका शिकारीहरुले बोकेको बन्दुक पड्किंदा तीन जना घाइते भएका छन् । बाँकेको कट्कुर्इंयामा शिकारीहरुले आइतबार राती जंगलमा बँदेलको पाठो छोप्न जाने क्रममा आफैले बोकेको बन्दुक पड्किंदा कट्कुर्इंया–९ का १८ बर्षीय छम्मिलाल पासी, २५ वर्षीय समूह खान पासी र २८ वर्षीय राजकुमार चमार घाइते भएका हुन् ।
    राती १२ बजे जंगल गएका उनीहरु पेशेवर शिकारी रहेको र पाठा छोप्ने बेलामा बन्दुक पड्केको बाँके प्रहरीले जनाएको छ ।  घाइतेहरुलाई उपचारका लागि नेपालगन्ज ल्याउँदै गरिएको बाँकेका प्रहरी नायव उपरीक्षक सूर्य केसीले बताए
 

No comments:

Post a Comment