जेसीजको पद हस्तान्तरण

सुर्खेतपत्र संवाददाता 
सुर्खेत, ६ माघ ।
    वीरेन्द्रनगर जेसीज, सुर्खेत महिला जेसीज र वीरेन्द्रनगर जुनियर जेसीजको पद स्थापन तथा पद हस्तान्तरण कार्यक्रम शनिवार भएको छ । एक कार्यक्रमको आयोजना गरी वीरेन्द्रनगर जेसीजका नवनिर्वाचित अध्यक्ष विमल पोख्रेल, सुर्खेत महिला जेसीजका नवनिर्वाचित अध्यक्ष ज्योति पौडेल र जुनियर जेसीजका नवनिर्वाचित अध्यक्ष एकेन्द्रप्रसाद जैसीलाई निवर्तमान अध्यक्षहरु भद्र भण्डारी, सीमा चन्द र राजकुमार सिंजापतिले पद हस्तान्तरण गरेका हुन् ।
    कार्यक्रममा वीरेन्द्रनगर जेसीजका पूर्व अध्यक्ष बसन्तकुमार थापा, पूर्णबहादुर थापा, सरस्वती बस्नेत, सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष पदमबहादुर शाहीलगायतले जेसीज अध्ययनको महासागर भएको बताउँदै युवाहरुको व्यक्तित्व तथा क्षमता विकास गर्न सघाउने उल्लेख गरे ।
    सो अवसरमा वीरेन्द्रनगर जुनियर जेसीजले विवेक पंगालीलाई उत्कृष्ट र माधव गौतमले विशिष्ट जेसी घोषणा गरेको छ । यस्तै सुर्खेत महिला जेसीजले तुल्सी थापालाई उत्कृष्ट महिला जेसी र प्रतिमा मल्लाहलाई सर्वाधिक संलग्नता घोषणा गरेको छभने वीरेन्द्रनगर जेसीजले विन सि भास्करलाई उत्कृष्ट जेसी,
वितिहोत्र बशिष्टलाई उत्कृष्ट चेयरपर्सन, मानबहादुर नेपालीलाई सर्वाधिक संलग्नता र उपेन्द्र सुवेदीलाई विशिष्ट जेसी घोषणा गरेको छ । यसैवीच जुनियनर जेसीजका अध्यक्ष एकेन्द्रप्रसाद जैसी, कार्यकारिणी उपाध्यक्षहरु बविता पंगाली र माधव गौतम, उपाध्यक्षहरु मुना हमाल, गीता आचार्य, जीवन सिंजापति र धुपेन्द्र शाहीले पद ग्रहण गरेका छन् । सुर्खेत महिला जेसीजका अध्यक्ष ज्योति पौडेल, कार्यकारिणी उपाध्यक्षहरु निर्मला अधिकारी, पुष्पा कोइराला र उपाध्यक्षहरु कृति शाक्य, एकता बस्नेत, शोभा बस्नेत र सुष्मा गिरीले पनि पद ग्रहण गरेका छन्भने वीरेन्द्रनगर जेसीजका अध्यक्ष विमल पोख्रेल, कार्यकारिणीय उपाध्यक्षहरु उपेन्द्र सुवेदी, खगिसरा शाही तथा उपाध्यक्षहरु निशा सुवेदी, टेकराज सुवेदी, दुर्गा लामिछाने र कटक थापाले पद ग्रहण गरेका छन् । कार्यक्रम वीरेन्द्रनगर जेसीजका निवर्तमान अध्यक्ष भद्र भण्डारीको सभापतित्वमा भएको हो ।

No comments:

Post a Comment