सुर्खेतपत्र संवाददाता
काठमाडौं, ७ माघ ।
विपक्षी दलहरु शनिबारबाट आन्दोलनमा उत्रिएका छन् । अब बाबुराम सरकारको आयु कति दिन, महिना वा कति वर्षसम्म रहला ? यसबारेमा विपक्षी दलभित्र एकरुप बुझाइ छैन । कसैले यो सरकार दुई वर्षदेखि पाँच वर्षसम्म टिक्ने अनुमान गरेका छन् भने कसैले एक वर्षत कसैले एकमहिनामा ढल्ने दाबी गरेका छन् । बाबुराम भट्टराई नेतृत्वको सरकार ढाल्न तत्कालै नसकिने र केही वर्षसम्मै लड्नुपर्ने निश्कर्षमा कांग्रेस र एमालेका केही नेताहरु पुगेका छन् ।
सरकार सहमतिमा आउन नमानेको र सत्ता कब्जाको रणनीति बनाएको भन्दै एमाले र कांग्रेसको शीर्षतहमा लोकतन्त्रको लडाईं केही महिनामात्र नभइ केही वर्षसम्मै लड्नुपर्ने विषयमा समेत छलफल हुन थालेको स्रोत बताउँछ । ‘विपक्षी दलहरुले थालेको यो आन्दोलन सफल हुन घटीमा दुई वर्ष र बढीमा ५ वर्ष लाग्छ ।’ एमाले नेता प्रदीप नेपालले भनेका छन् । विपक्षी दलहरु शनिबारबाट आन्दोलनमा उत्रिएका छन् । अब बाबुराम सरकारको आयु कति दिन, महिना वा कति वर्षसम्म रहला ? यसबारेमा विपक्षी दलभित्र एकरुप बुझाइ छैन । कसैले यो सरकार दुई वर्षदेखि पाँच वर्षसम्म टिक्ने अनुमान गरेका छन् भने कसैले एक वर्षत कसैले एकमहिनामा ढल्ने दाबी गरेका छन् । बाबुराम भट्टराई नेतृत्वको सरकार ढाल्न तत्कालै नसकिने र केही वर्षसम्मै लड्नुपर्ने निश्कर्षमा कांग्रेस र एमालेका केही नेताहरु पुगेका छन् ।
यही वर्ष ढालिन्छ: केसी
आइतबार तेह्रथुमबाट संखुवासभातिर लागेका कांग्रेस नेता अर्जुन नरसिंह केसीको तर्क छ, ‘हामीले शनिबारबाट आन्दोलन थालेका छौं, ढिलो होला तर लोतन्त्रवादीहरु कहिल्यै हार्दैनन्, सर्वसत्तावादीहरु नै हार्छन् । जन दबावलाई प्रभावकारी बनाउन सकियो भने यही वर्ष सरकार ढाल्न सकिन्छ ।’ केसी भन्छन् । ‘यो सरकार जुन ढंगले अगाडि बढिरहेको छ, यसले न सत्ता छाड्छ, न चुनाव गर्छ न त सहमति नै गर्छ । राज्यका सबै अवयवहरुलाई ध्वस्त पारेर एमाओवादी सत्ता कब्जा गर्ने रणनीतिमा लागेको छ ।’
पुनस्र्थापना गरे अहिल्यै ढल्छ: अधिकारी
एमाले युवा नेता रवीन्द्र अधिकारी अब कुनै एउटा पक्ष नथाकी सहमति नहुने बताउँछन् । ‘१२ बुँदेपछि अर्को श्रंखला सुरु भएको छ, एउटाले अर्कालाई हराउन र गलाउन सकिन्छ भन्ने ठानेका छन् । कोही पनि सजिलै थाक्ने देखिन्न, त्यसैले गल्न र सहमतिमा आउन केही समय लाग्नसक्छ । कुनै एउटापक्ष कमजोर नभइ सम्झौता हुँदैन ।’
अधिकारीको भनाइ छ, ‘राष्ट्रपतिले पनि सरकार बनाउन सक्नुभएन, यसैबाट थाहा हुन्छ कि सजिलै कुनै पक्ष थाक्ने देखिन्न ।’ तर, नेताहरुको बुद्धि फिर्यो भने संविधानसभा पुनस्र्थापना गरेर अहिल्यै समस्या समाधान गर्न सकिने उनको विश्लेषण छ । ‘आन्दोलनमा जाने होभने समय लाग्न सक्छ, तर त्यतिबेलासम्म देश नै कहाँ पुग्ने हो, केही भन्न सकिंदैन ।’ अधिकारीले भने ।
चैतमा सरकार ढाल्न सकिन्छ: मैनाली
एमाले र कांग्रेसभित्र दीर्घकालीन जनआन्दोबारे बहस चलिरहेका बेला नेकपा मालेका महासचिव सीपी मैनालीले भने आगामी चैत्रमा बाबुराम सरकार ढाल्ने दाबी गरे । ‘अहिले त हामीले खास आन्दोलन घोषणा गरेकै छैनौं, सरकारको विरोध कार्यक्रममात्रै सार्वजनिक गरिएको हो । माघपछि साँच्चैको जनआन्दोलन घोषणा हुन्छ र चैत्रसम्म यो सरकार ढल्छ ।’ मैनालीले भने ।
No comments:
Post a Comment