आठ गाविसमा पारालिगल कार्यक्रम

सुर्खेतपत्र संवाददाता 
सुर्खेत, ६ माघ ।
    सुर्खेत जिल्लाका ८ वटा गाविसमा महिला हिंसाविरुद्ध पारालिगत कार्यक्रम संचालन गरिएको छ । महिला तथा बालबालिका कार्यालय सुर्खेतले जिल्लाका राकम, रतु, अवलचिङ, बजेडीचौर, बिजौरा, लेखपराजुल, पाम्का र गुटु गाविसमा सो कार्यक्रम गत बर्षदेखि संचालन गरेको हो ।
    समाजमा महिलामाथि हुने हिंसालाई न्यूनीकरण गर्नका लागि उक्त कार्यक्रम संचालन गरिएको महिला विकास अधिकृत विश्वमणि जोशीले बताइन् । उनले कानुनी आधारको अभावमा न्याय नपाएका महिलालाई न्याय दिन असहज भएको उल्लेख गरिन् ।
    आफूहरुको भावी योजना कार्यक्रमको स्वरुप बढाउने, सा्रेतको महत्तम उपयोग गर्ने, भैरहेका संरचनाहरुको सवलीकरण गर्ने रहेको जानकारी उनले दिइन् ।
    शनिवार आयोजित एक कार्यक्रममा सुर्खेतका प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम कुँवरले महिलामाथि हुने विभिन्न खाले हिंसा न्यूनीकरणको लागि गरिवी न्यूनीकरण र उचित शिक्षामा जोड दिनुपर्ने बताए । उनले महिला माथि हुने हिंसा अन्त्यका लागि महिला नै सजग र सचेत बनाउनुपर्ने जनाए । महिलाहरु गरीव र अशिक्षित भएकै कारण हिंसामा पर्ने भन्दै उनले सुरुमा गरिवीको
न्यूनीकरण गरे हिंसा पनि न्यूनीकरण हुनेमा विश्वास व्यक्त गरे ।
    यस्तै स्थानीय विकास अधिकारी भोजेन्द्रप्रसाद क्षेत्रीले महिलालाई मात्रै नभएर पुरुषलाई पनि संगसंगै हिंसा विरोधी कार्यक्रममा संलग्न बनाउनुपर्ने बताए । उनले पुरुषलाई पनि यसबारे बुझाउन सके हिंसा न्यूनीकरणमा सहज हुने उल्लेख हुने उल्लेख गरे ।
    कार्यक्रममा आवाज संस्थाकी कार्यक्रम संयोजक पवित्रा शाही, सरकारी वकिल कार्यालयका पाराश्वर ढुंगानालगायतले पारालिगल कार्यक्रमको वारेमा आ–आफ्ना धारणा राखेका थिए । 

No comments:

Post a Comment