सुर्खेतपत्र संवाददाता
सुर्खेत, ९ माघ ।
एकसातादेखि वीरेन्द्रनगरमा संचालन भइरहेको होमस्टे (घरवास) तालिमका सहभागीहरुले बुधवार आफूले बनाएका परिकारहरुको प्रदर्शन गर्ने भएका छन् । तालिममा सिकेको सीपलाई प्रयोग गरेर स्थानीय परिकारहरुको प्रदर्शनी गर्न लागिएको उनीहरुले बताएका छन् । घण्टाघर पार्कमा हुने प्रदर्शनी बुधबारसम्म चल्नेछ । प्रदर्शनीमा थारु, मगरलगायतका परिकारहरु राखिने छन् ।
यही माघ ५ गतेदेखि सुरु भएको तालिममा जिल्ला कृषि विकास कार्यालयका प्रमुख विजयराज गिरी, खाद्य निरीक्षक भेषबहादुर थापा, जिल्ला स्वास्थ्य कार्यालयका एचआइभी तथा एड्स शाखाका प्रमुख चेतननिधि वाग्ले, पर्यटन विकास मञ्चका अध्यक्ष चिन्तामणि शर्मा, राष्ट्रिय उपभोक्ता मञ्च सुर्खेतका अध्यक्ष आकाशतारा बयकलगायतले प्रशिक्षण दिइरहेका छन् ।एकसातादेखि वीरेन्द्रनगरमा संचालन भइरहेको होमस्टे (घरवास) तालिमका सहभागीहरुले बुधवार आफूले बनाएका परिकारहरुको प्रदर्शन गर्ने भएका छन् । तालिममा सिकेको सीपलाई प्रयोग गरेर स्थानीय परिकारहरुको प्रदर्शनी गर्न लागिएको उनीहरुले बताएका छन् । घण्टाघर पार्कमा हुने प्रदर्शनी बुधबारसम्म चल्नेछ । प्रदर्शनीमा थारु, मगरलगायतका परिकारहरु राखिने छन् ।
No comments:
Post a Comment