महिलालाई आत्मनिर्भर बनाउन सीपमूलक तालिम दिनुपर्छ

कल्पना कार्की
(अध्यक्ष)
लायन्स क्लब अफ सुर्खेत काँक्रेविहार
       कल्पना कार्की, लायन्स क्लब अफ सुर्खेत काँक्रेविहारकी अध्यक्ष हुन् । उनी विगत लामो समयदेखि आदर्शराज मेमोरियल उच्च मावि सुर्खेतकी प्राचार्य भएरपनि काम गर्दै आएकी छन् । प्रस्तुत छ शिक्षण संगसंंगै सक्रिय रुपमा समाज सेवा पनि गरिरहेकी कार्कीसंग गरिएको केवल पाँच प्रश्न ।

१. लायन्स क्लब अफ सुर्खेत काँक्रेविहारले पछिल्लो समय के कस्ता कामहरु गरिरहेको छ ?
–हामीले विगत देखि नै समाज सेवा गर्दै आएका छांै । पछिल्लो समयमा भन्नुपर्दा समाजसेवा संगसंगै महिलाहरुको व्यक्तित्व विकास गराउनको लागि उपयोगी सीपमूलक कार्यक्रमहरु गर्‍यौं । जसमध्ये भर्खरै मात्रै विपन्न समुदायका ५६ जना महिलाहरुलाई व्यक्तित्व विकास तालिम सम्पन्न गरेका छौं । यस्तै कार्यक्रहरुको आयोजना गर्ने लगायतका छन् ।
२. यस्ता कामहरु गर्नको लागि कतिको चुनौती छ ?
–चुनौती त छ नै । छ भन्दैमा समाज सेवा नगर्ने भन्ने हुँदैन समाज सेवामा लागेको मान्छेले नै हार मान्ने होभने पछि परेका मानिसहरु सधैं पछि नै रहिरहन्छन् । त्यसैले चुनौतीको सामाना गरे निडर आत्मविश्वास लगनशील भएर सबै एकता बद्ध भएर काम गरेका छौं जसवाट हामी सफल पनि भैरहेका छौं जस्तो लाग्छ ।
३. महिलालाई आर्फैमा आत्मनिर्भर बनाउनका लागि के गर्नुपर्ला ?
–महिलालाई आत्मनिर्भर बनाउनको लागि उनीहरुलाई उपयोगीमूलक सीपमूलक तालिम दिनुपर्छ । केही राम्रा कामहरु गर्ने अवसर दिनुपर्छ र महिला पनि आफै आफ्नो विकासको लागि लागि पर्नुपर्छ जस्तो लाग्छ ।
४. पछिल्लो समय महिला हिंसाका घटनाहरु बढ्दै गइरहेको छ के भन्नुहुन्छ ?
–पछिल्लो समयमा महिला हिसांका घटना भन्दापनि चेतना बढेको हो जस्तो लाग्छ । किनभने पहिला–पहिला महिला माथि जस्तो हिंसा भएपनि बाहिर आउँदैन थियो । घरमै समाजमै मिलाइन्थ्यो । तर आजभोलि घटनाका कुराहरु समाचारहरु बाहिर आउने गर्छ । फरक यति हो कि पहिलाको तुलनामा आजभोलि महिलामा चेतना बढेको छ । आफ्नो कुरा आवाज बाहिर ल्याउन सक्ने भएका छन् ।
५. आगामी दिनमा लायन्स क्लब अफ सुर्खेत काँक्रेविहारले के कस्ता कामहरु गर्ने योजना बनाएको छ ?
–आगामी दिनमा हामीले बर्षपार्कमा प्रतीक्षालय बनाउनको लागि प्रपोजोल हाल्ने र चाँडै नै आमाहरुको क्षमता विकास गराउनको लागि आमा नृत्य प्रतियोगिता संचालन गर्ने र महिलाका हकहितका लागि विभिन्न कार्यक्रमहरु संचालन गर्ने योजना बनाएका छौं ।

No comments:

Post a Comment