महिला हिंसाको विरोधमा प्रशासनमा धर्ना

सुर्खेतपत्र संवाददाता 
सुर्खेत, १५ माघ ।
    महिला हिंसाका विरुद्धमा सोमवार जिल्ला प्रशासन कार्यालय सुर्खेतमा २ घन्टा धर्ना दिइएको छ । एकल महिला समूह सुर्खेतको नेतृत्वमा प्रशासन कार्यालय अगाडि धर्ना दिइएको हो । सुर्खेतमा अवस्थित १० वटा संघसंस्थाहरुले संयुक्तरुपमा धर्ना दिएका थिए । धर्ना समापनपछिको कार्यक्रममा वोल्दै एकल महिला समूहका अध्यक्ष शीतलसिंह राठौरले सुर्खेतमा मात्रै नभएर नेपालभरिकै महिलाहरु पछिल्लो समय बढी हिंसामा परेको बताइन् ।
    उनले राजनीति गर्ने महिला होस् या  कर्मचारी महिला होस् या कुनै आम महिला नै आफ्नै परिवार र आफ्नै कार्यालय बाटै हिंसामा परेकोले हिंसाको विरोधमा धर्ना कार्यक्रम केन्द्रीय कार्यक्रम अन्तर्गत गरिएको जानकारी दिइन् ।
    यसैगरी आवाज संस्थाका कार्यक्रम संयोजक पवित्रा शाहीले जवसम्म पुरुषवादी संरचनाको अन्त्य हुँदैन तबसम्म महिला हिंसा पनि अन्त्य नहुने भन्दै उनले पहिला पुरुषवादी संरचनाकै अन्त्य हुनुपर्ने जिकिर गरिन् । राजनितिकर्मी चन्दा खड्काले महिला हिंसाका विरोधमा कानुनमा जति लेखिएको भएपनि कार्यान्वयन भने त्यति प्रभावकारी नभएकोले हिंसा बढ्दै गएको जनाइन् ।
    यस्तै क्रियाशील महिला पत्रकार समूह सुर्खेतका अध्यक्ष तिला भण्डारी, केड नेपालका दुर्गा विक लगायतले महिला हिंसाको अन्त्यका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिएका थियो ।  प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम कुँवरले महिला हिंसाका विरुद्धमा आफूपनि लागि परेको आश्वासन दिए ।    उनले यसवर्ष महिला सशक्तिकरणको कार्यक्रम पनि बढाइएको जानकारी दिए । उनले महिलाहरुको माग सम्बन्धित ठाउँमा पुर्‍याउने जनाए ।

No comments:

Post a Comment