प्राविधिक शिक्षा पढ्न सहरका विद्यार्थी गाउँमा

सुर्खेतपत्र संवाददाता 
कञ्चनपुर, ७ माघ ।
    प्राविधिक शिक्षा पढ्नका लागि सहरका विद्यार्थी कञ्चनपुरको कृष्णपुर गाउँमा रहेको कृष्ण उच्च माध्यमिक विद्यालयमा  आउन थालेका छन् । विद्यालयले एक दशक अघिदेखि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटि) द्वारा संचालित एनेक्स कार्यक्रमअन्र्तगतको कृषि प्राविधिक र पशु प्राविधिक शिक्षा लिन सहरका विद्यार्थीको उक्त विद्यालयमा उल्लेख्य सहभागिता रहेको छ ।
    प्राविधिक शिक्षा प्रदान गर्ने निजी विद्यालयको तुलनामा यहाँ सस्तो शुल्कमा पढाइको व्यवस्था गरिएकाले विद्यार्थीको आकर्षण बढ्ेको प्रशिक्षक राजेश यादवले बताए । विद्यालयले १९ महिने कृषि जेटिए पढाईका लागि रु. १८ हजार र १५ महिने पशु जेटिएका लागि रु. १७ हजार शुल्क निर्धारण गरेको छ । निजी संस्थामा सोही अवधिको शिक्षा लिन विद्यार्थीले साठी हजारभन्दा बढी शुल्क बुझाउनुपर्ने भएकाले यहाँ विद्यार्थीको चाप बढेको प्रशिक्षक यादवले बताए । दुवैतर्फका कक्षामा ३० जना विद्यार्थीको कोटा निर्धारण गरिएको भएपनि ४० जना विद्यार्थी अध्यतरत  छन् ।
    यहाँ अध्ययन गर्ने विद्यार्थीमा बाजुरा, जुम्ला, मुगु, दार्चुला, डोटी, बैतडी, बर्दिया, रुपन्देही, कैलाली र कञ्चनपुर सदरमुकाम का रहेका छन् ।
    अध्ययनरत विद्यार्थीमध्ये तीस प्रतिशत बढी महिला छन् । यहाँबाट प्राविधिक शिक्षा लिएका चार प्रतिशत विद्यार्थीले सरकारी सेवामा प्रवेश गरेको, ८० प्रतिशत विद्यार्थीले गैरसरकारी संस्थामा रोजगारी पाएको र अन्य विद्यार्थीले आफ्नै एग्रोभेट खोलेको सहायक प्रशिक्षक पुनिराम
चौधरीले  बताए ।
    २०५९ सालदेखि विद्यालयले निरन्तर रुपमा प्राविधिक शिक्षा प्रदान गर्दै आएको उल्लेख गर्दै सहायक प्रशिक्षक चौधरीले भने, ‘हालसम्म यहाँबाट ४ सय बढी विद्यार्थीले प्राविधिक शिक्षा लिइसकेका
छन् ।’ ‘प्राविधिक शिक्षा लिने अधिकांश विद्यार्थी विपन्न वर्गका भएकाले उनीहरूलाई आत्मनिर्भर बनाउन यस शिक्षाले प्रभावकारी भूमिका खेलेको पाइएको छ’ उनले भने ।
    प्राविधिक शिक्षा पढने विद्यार्थीबाट उठ्ने शुल्क उच्च माध्यमिक विद्यालयतर्फ खर्चिने गरेकाले कृषि औजार, पशुउपचार उपकरणको समेत विद्यालयले व्यवस्था नगर्दा विद्यार्थीलाई सिकाउन अप्ठेरो हुने गरेको अर्का सहायक प्रशिक्षक रामविलास मौर्यले बताए । छात्रावासको व्यवस्था भएपनि शौचालयको व्यवस्था नहुँदा विद्यार्थीलाई असुविधा भएको गुनासो भने रहेको छ ।
 

No comments:

Post a Comment