सुर्खेतपत्र संवाददाता
रुकुम, ६ माघ ।
शुक्रवार राती पश्चिम रुकुमको पूर्तिमकाँडा गाविसमा चट्याङमा परी १ जना युवाको ज्यान गएको छभने ९ जना घाइते भएका छन् । मृत्यु हुनेमा पूर्तिमकाँडा–६ जंगल गाउँका २१ वर्षीय टोपबहादुर पुन छन् । घाइते हुनेहरुको स्वास्थ्य अवस्था खतरामुक्त रहेको रुकुमका सहायकप्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिए ।
यसैवीच शुक्रवार रातीदेखि भइरहेको वर्षासंगै परेको चट्याङ लागेर कैलालीमा एक जनाको मृत्यु भएकोभने तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार गए रातीको वर्षासंगै परेको चट्याङबाट टीकापुर नगरपालिका–१ की ३५ वर्षीया भिकुली विकको मृत्यु भएको छभने उनका चार वर्षीय छोरा दिपक घाइते भएका छन् ।शुक्रवार राती पश्चिम रुकुमको पूर्तिमकाँडा गाविसमा चट्याङमा परी १ जना युवाको ज्यान गएको छभने ९ जना घाइते भएका छन् । मृत्यु हुनेमा पूर्तिमकाँडा–६ जंगल गाउँका २१ वर्षीय टोपबहादुर पुन छन् । घाइते हुनेहरुको स्वास्थ्य अवस्था खतरामुक्त रहेको रुकुमका सहायकप्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिए ।
No comments:
Post a Comment