रक्षक नै भक्षक भएपछि कसको के लाग्छ र ? नेपालमा प्रहरी चौकीभित्रै महिला बलात्कृत हुने गरेका घटना बेलाबेलामा सार्वजनिक हुने गरेका छन् । पाकिस्तानमा भने प्रहरीले एकजना महिला तथा एकजना पुरुषलाई नांगै परेड खेलाएको छ । पाकिस्तानको सिन्ध राज्यस्थित गम्बट सहरमा यस्तो घटना भएको हो ।
मासिकरुपमा पुलिसलाई बुझाउनुपर्ने घुस नबुझाएकोले आफूलाई नांगेझार पारिएको पीडित पुरुषले बताएका छन् । घटनाले चर्चा पाएसंगै स्थानीय प्रशासनले गम्बट प्रहरी चौकीका प्रमुखसहित दुई प्रहरी अधिकारीलाई निलम्बन गरेर छानविन सुरु गरेको छ । यदि यो घटना पुष्टि भएमा दोषी प्रहरी अधिकारीलाई सख्त कारवाही हुने उच्च प्रहरी अधिकारीको भनाइ छ । स्थानीय प्रहरी चौकीका अधिकारीहरुले भने आफूहरुमाथि लागेको आरोप अस्वीकार गरेका छन् । आफूहरुले त्यस्तो किसिमको कार्य नगरेको दावी प्रहरी अधिकारीहरुले गरेका छन् ।
No comments:
Post a Comment