सुर्खेतपत्र संवाददाता
हुम्ला, १० माघ ।
भारी हिमपातका कारण अवरुद्ध सीमिकोट हवाई मैदानमा जमेको हिउँ अझै हटाउन सकिएको छैन । दैनिक दुई दर्जन उडान हुने सो विमानस्थलमा हवाई सेवा अवरुद्ध हुँदा सदरमुकाम सीमिकोटमा खाद्यान्न अभाव हुन थालेको छभने कर्मचारी तथा अन्य सर्वसाधारणका लागि समयमा चामल वितरण हुन सकेको छैन ।
यसैगरी ४ दिनदेखि अबरुद्ध विद्युत सेवासमेत सुचारु हुन नसक्दा थप समस्या भएको छ । ४ दिनअघि भारी हिमपात भएपछि विद्युतका पोलहरू ढल्न गई विद्युत सेवासमेत अवरुद्ध छ । भारी हिमपातका कारण अवरुद्ध सीमिकोट हवाई मैदानमा जमेको हिउँ अझै हटाउन सकिएको छैन । दैनिक दुई दर्जन उडान हुने सो विमानस्थलमा हवाई सेवा अवरुद्ध हुँदा सदरमुकाम सीमिकोटमा खाद्यान्न अभाव हुन थालेको छभने कर्मचारी तथा अन्य सर्वसाधारणका लागि समयमा चामल वितरण हुन सकेको छैन ।
विद्युत प्राधिकरणका मीनबहादुर कार्कीले चारवटा खम्बा ढलेको र अतिपय ठाउँमा तासमेत चुडिएकाले मर्मत गरी भोलिसम्म विद्युत सुचारु गराइने बताए ।
No comments:
Post a Comment