सुर्खेतपत्र संवाददाता
सुर्खेत ७ माघ ।
श्रीकृष्ण संस्कृत तथा साधारण उच्च मावि इत्रामको आयोजना र उषा वाल वाटिका उच्च माविको सहयोगमा माघ ४ गतेदेखि सुरु भएको विज्ञान प्रदर्शनी एक दिन थप भएको छ । आइतवार सम्पन्न हुने भनिएपनि अवलोकन गर्ने विद्यार्थीहरुको चाप बढी भएपछि आज सोमवार एक दिन थप गर्नुपरेको आयोजकले जनाएको छ ।
आइतवार साँझसम्म प्रदर्शनीमा १८ वटा विद्यालयका करिव ८ हजार विद्यार्थीहरुले प्रदर्शनीको अवलोकन गरेको दावी विज्ञान प्रदर्शनी संयोजक बसन्तकुमार रेग्मीले गरे । श्रीकृष्ण संस्कृत तथा साधारण उच्च मावि इत्रामको आयोजना र उषा वाल वाटिका उच्च माविको सहयोगमा माघ ४ गतेदेखि सुरु भएको विज्ञान प्रदर्शनी एक दिन थप भएको छ । आइतवार सम्पन्न हुने भनिएपनि अवलोकन गर्ने विद्यार्थीहरुको चाप बढी भएपछि आज सोमवार एक दिन थप गर्नुपरेको आयोजकले जनाएको छ ।
रेग्मीले विद्यार्थीहरुले सवैभन्दा वढी आकर्षण तरिकाले ग्रहणको नमूना, रकेटको नमुना, लघु जलविद्युतको नमूना र प्लेन उडेको नमूनामा रहेको जनाए । उनले विद्यार्थीहरुलाई व्यक्तिगत रुपमा नभइ व्यवस्थापन गर्न सजिलो होस भनेर संस्थागत रुपमा ५ सय रुपैयाँ शुल्क लिइएको बताए ।
No comments:
Post a Comment