अधिवेशन सफल बनाउन उपसमिति

सुर्खेतपत्र संवाददाता 
सुर्खेत, ७ माघ ।
    यही माघ १९ र २० गते हुने नेपाल निर्माण व्यवसायी एकता समाज सुर्खेतको १३ औं साधारणसभा एवं सम्मेलन सफल बनाउन विभिन्न उपसमितिहरु गठन गरिएको छ । निर्माण व्यवसायी महासंघका अध्यक्ष जयराम लामिछानेको उपस्थितिमा आइतवार बसेको बैठकले विभिन्न समितिहरु गठन गरेको हो ।
    डम्बरबहादुर बस्नेत संयोजक र पूर्णबहादुर बस्नेत, कृष्णकुमार ढकाल, चन्द्रबहादुर कोइराला, दिपककुमार पन्त, विनोद कोइराला, रेशमबहादुर खत्री, जनकबहादुर रावल र कृष्णबहादुर ओझा सदस्य रहेको अधिवेशन मूल आयोजक समिति गठन गरिएको छ ।
    यस्तै देवेन्द्रदेव गिरी संयोजक तथा विजयराम देवकोटा, कार्लमाक्र्स श्रेष्ठ, नवराज मानन्धर र भगतराम सुनार सदस्य रहेको प्रचारप्रसार समिति, हर्ष विक्रम खड्का संयोजक तथा खगेन्द्रदेव गिरी, भीमबहादुर मल्ल र किरणप्रकाश विसी सदस्य रहेको व्यवस्थापन समिति र मैना शाही संयोजकत्वमा अतिथि सत्कार तथा स्वागत समितिपनि गठन गरिएको छ । 

No comments:

Post a Comment