युवाहरुको शक्ति सही ठाउँमा प्रयोग गर्न सक्ने होभने देशपनि परिवर्तन हुनसक्छ

विमल पोखरेल, वीरेन्द्रनगर जेसीज बर्ष २०१३ का अध्यक्ष हुन् । ५ वर्ष अगाडि जेसीजमा प्रवेश गरेर समाज सेवामा समर्पित भएका उनी यसअघि उपाध्यक्ष पदमा रहेर काम गरिसकेका छन् । त्यति मात्रै नभएर सरकारी जागीरे उनी हाल लायन्स क्लव अफ सुर्खेत बुलबुलेमा पनि आवद्ध छन् र लामो समयदेखि जन उच्च मावि र चिल्ड्रेन्स प्याडाराइज उच्च माविमा अध्यापनरत समेत छन् । युवा अवस्थामै समाजसेवामा समर्पित रहेका पोखरेलसंग हाम्रा सहकर्मी सुनिता पन्तले गरेको केवल पाँच प्रश्न ।

१. खासमा भन्नु पर्दा जेसीज भनेको के हो ?
–जेसीज भनेको युवाहरुको एक बलियो साझा संगठन हो । जसले युवाहरुको नेतृत्व विकास गर्ने गर्छ । यसमा १८ वर्षदेखि ४० वर्षसम्मका युवाहरु समावेश भएका हुन्छन् ।
२. जेसीजले कस्ता खालका कामहरु गर्ने गर्छ ?
–जेसीजले निस्वार्थरुपमा समाज सेवा गर्छ । जसमा  गरीबहरुलाई सहायता दिने काम, युवाहरुलाई सही बाटो देखाउने, युवाहरुलाई नेपालमै रोजगारीको सिर्जना कसरी गर्ने भन्ने सम्वन्धमा तालिमहरु प्रदान गर्ने गर्छ । छोटकरीमा भन्नुपर्दा जेसीजले समाजमा विकास निमार्णका कामहरु गनेर् गर्छ ।
३. सुर्खेतमा जेसीजले आफूलाई कसरी प्रस्तुत गर्दै आइरहेको छ ?
–सुर्खेतमा वीरेन्द्रनगर जेसीजले नेपालगन्ज जेसीजबाट मातृत्व प्राप्त गरेर आएको होभने वीरेन्द्रनगर जेसीजले सुर्खेतका दुई वटा जेसीज महिला जेसीज र जुनियर जेसीजलाई मातृत्व प्रदान गरेर स्थापना गराएको हो । युवाहरुको नेतृत्व तथा व्यक्तित्व विकास गरेर आफूलाई प्रस्तुत गर्दै आइरहेको छ ।
४. जेसीजले युवाहरुलाई मात्रै किन समेट्छ ?
–किनभने युवाहरुमा धेरै नै ताकतवान शक्ति हुने गर्छ । युवाहरुको शक्ति सही ठाउँमा प्रयोग गर्न सक्ने होभने देशपनि परिवर्तन हुनसक्छ । युवाहरुमा नयाँ जोश र जाँगर हुने
गर्छ । त्यसैले नै समाज परिर्वतनको लागि जेसीजमा  युवाहरु नै समावेस गर्ने गरेको हो ।
५. जेसीज एउटै नभइ जुनियर, महिला, वीरेन्द्रनगर भनेर छुट्टाछुटट्टै किन छ ?
–महिला र जुनियर जेसीज पनि वीरेन्द्रनगरकै पाटाहरु हुन । यिनीहरुलाई वीरेन्द्रनगरले नै मातृत्व प्रदान गरेको हो । महिलाहरुका लागि छुट्टै र जुनियर युवाहरुलाई जेसीजको बारेमा बुझाउनको लागि फरक–फरक भएको हो । जेसीजले मातृत्व प्रदान गर्नुपर्ने हुनाले फरक देखिएको हो । तर यी सबैको लक्ष्य, उद्देश्य समाजसेवा नै हो ।

No comments:

Post a Comment