सुर्खेतपत्र संवाददाता
सुर्खेत, १५ माघ ।
आफ्नो पेशा व्यवसायले गर्दा उच्च शिक्षालाई निरन्तरता दिन नसकेकाहरुलाई उच्च शिक्षामा पहुँच बढाउन खुला विश्वविद्यालय स्थापना गर्न लागिएको छ । खुला विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिले सुर्खेतमा सोमवार खुला विश्व विद्यालयको प्रारुप कस्तो हुने भनी सुझावसमेत संकलन गरेको छ ।
खुला विश्वविद्यालयले विशेषगरी कर्मचारी, मजदुर, किसान र गृहिणी लक्षित हुनुपर्ने, आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई समेट्नुपर्ने सुझाव दिइएको छ ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकूलपति प्रा.डा. पद्मलाल देवकोटाले नेपालको शिक्षा नीति हचुवाको भरमा चलेकोले खुल्ला विश्वविद्यालय पनि विना योजना, मोडेल संचालन गरिए हावै हुने धारणा राखे । उनले नयाँ स्थापना गर्नुभन्दा भएकालाई व्यवस्थित गरेरमा संचालन गर्न सुझाव दिए । भौगोलिक अवस्था, आर्थिक पक्ष र समृद्धिलाई ध्यानमा राख्दै भावी कार्ययोजना, मोडेलको खाका कोरेरमात्र संचालन गर्न उपकूलपति प्रा.डा. देवकोटाले आग्रह गरे । उनले पछिल्लो समय विश्वविद्यालयहरुमा ताला संस्कृति बढेकोमा आपत्ति जनाउँदै खुला विश्वविद्यालय पनि त्यसैको शिकार हुने आशंका व्यक्त गरे ।आफ्नो पेशा व्यवसायले गर्दा उच्च शिक्षालाई निरन्तरता दिन नसकेकाहरुलाई उच्च शिक्षामा पहुँच बढाउन खुला विश्वविद्यालय स्थापना गर्न लागिएको छ । खुला विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिले सुर्खेतमा सोमवार खुला विश्व विद्यालयको प्रारुप कस्तो हुने भनी सुझावसमेत संकलन गरेको छ ।
खुला विश्वविद्यालयले विशेषगरी कर्मचारी, मजदुर, किसान र गृहिणी लक्षित हुनुपर्ने, आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई समेट्नुपर्ने सुझाव दिइएको छ ।
मध्यपश्चिम क्षेत्रीय प्रशासक शारदाप्रसाद त्रितालले अहिले मुलुकमा खुला विश्व विद्यालयको आवश्यकता बढ्दै गएकोले त्यसको स्थापनार्थ क्षेत्रगत हिसावमा सुझाव संकलन गर्नुलाई सह्रानीय कदम भएको बताए । सुझाव संकलनबाट आएको निष्कर्षलाई समेटेर संचालन गर्न सकिएमा भविष्यमा ठूलो योगदान हुने उनको भनाइ छ । भौगोलिक विकटता भएको नेपालमा खुला विश्वविद्यालयको माग बढ्नु स्वभाविक भएको उनको तर्क छ ।
विश्वविद्यालय अनुदान आयोगका सदस्य सचिव प्रा.डा. भोला पोख्रेलले आफ्नो पेशा व्यवसायको कारणले उच्च शिक्षा हासिल गर्न नसकेका जनशक्तिलाई खुला विश्व विद्यालयले समेट्ने जिकिर गरे । उनले २०३७ सालदेखि खुला विश्वविद्यालयको आवश्यकताको कुरा उठेपनि अझैपनि स्थापना भइनसकेको बताउँदै बल्लतल्ल कस्तो बनाउने भनी सुझाव संकलन गर्न लागिएको जानकारी दिए । उनले खुला विश्वविद्यालय बनाउन विश्वविद्यालय अनुदान आयोग दृढ भएकोले यसलाई त्रिभुवन विश्वविद्यालयको विकल्पको रुपमा लिनसक्ने बनाइने दावी गरे । साथै उनले खुला विश्वविद्यालयको शिक्षा गुणस्तरीय, सीपमूलक हुने उल्लेख गरे ।
शिक्षा मन्त्रालयका सहसचिव सूर्यप्रसाद गौतमले नेपालमा ८ देखि १० प्रतिशतले मात्रै उच्च शिक्षामा पहुँच गराउन सफल भएकोले खुला विश्वविद्यालयको आवश्यकता देखिएको जानकारी दिए । उनले छिमेकी मुलुक भारत, चीनमा लाखौं विद्यार्थीहरु खुला विश्वविद्यालयमै अध्ययन गरेको उदाहरण दिदैं पहिलो चरणमा विश्वविद्यालय को संरचना, प्रारुप निर्धारणका लागि सुझाव संकलन गर्ने अभियान थालिएको बताए । क्षेत्रगत हिसावमा सुझाव लिएर राष्ट्रिय गोष्ठीबाट खुला विश्वविद्यालयको अन्तिम खाका सार्वजनिक गरिने उनको भनाइ छ ।
यसैवीच पोखरा विश्वविद्यालयका उपकूलपति प्रा.डा. केशरजंग बरालले प्रस्तावित नेपाल खुला विश्वविद्यालयको व्यवसायिक योजनाको अवधारणापत्रसमेत सार्वजनिक गरे । खुला विश्वविद्यालयले विपन्न वर्ग, किसान, गृहिणी, मजदुर, सैनिक तथा प्रहरी सेवामा कार्यरत वन्दी र विदेशमा रहेर पनि उच्च शिक्षा हासिल गर्न नसकेकाहरुलाई शिक्षा दिनसक्ने अवधारणा पत्रमा उल्लेख छ । अवधारणापत्रमा खुला विश्वविद्यालयको प्रारुपको वारेमा उल्लेख गरिएको छ ।
विद्यार्थीहरु तेस्रो चरणको आन्दोलनमा
सुर्खेत, १५ माघ । (सुस)
मध्यपश्चिमाञ्चल विश्वविद्यालयविरुद्ध विगत एक महिनादेखि आन्दोलनमा उत्रिएका सुर्खेतका चार विद्यार्थी संगठनहरुले तेस्रो चरणको आन्दोलनको घोषणा गरेका छन् । एक महिनादेखि सडक संघर्षमा उत्रिँदासमेत मागका सम्वन्धमा कुनै सुनुवाई नभएपछि तेस्रो चरणको आन्दोलनमा उत्रिनुपरेको उनीहरुले जनाएका छन् । आइतवार विद्यार्थी संगठनहरुको संयुक्त बैठकले यही माघ १९ गतेसम्मका लागि विभिन्न आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।
आज मंगलवार मप विश्वविद्यालयका पदाधिकारीहरुलाई घेराउ गर्ने, भोलि बुधवार विद्यार्थीका मागहरुलाई भित्ते लेखन गर्ने, माघ १८ गते विहीवार सिट्टी जुलुस गर्ने र माघ १९ गते सुर्खेत बन्द गर्ने जनाएका छन् । विश्वविद्यालयको गैरजिम्मेवार कदमप्रति विद्यार्थी संगठनहरुले असहमति राख्दै आएका छन्भने विश्वविद्यालयको शुल्क घटाउनुपर्ने लगायत ९ वटा माग उनीहरुले विश्वविद्यालयमा बुझाएका छन् ।

No comments:
Post a Comment