कमल डाँगी
नेपालगन्ज, १७ माघ ।
मध्यपश्चिमका दुई औद्योगिक क्षेत्रमा निजी क्षेत्रको करिब २४ अर्ब बढी लगानी भएको छ । मध्यपश्चिमका दुई औद्योगिक क्षेत्र नेपालगन्ज र सुर्खेतमा उक्त लगानी भएको सम्बद्ध कार्यालयहरुले जनाएका छन् । यी दुई औद्योगिक क्षेत्र मध्ये नेपालगन्जमा धेरै लगानी भएको छ । नेपालगन्ज औद्योगिक क्षेत्रमा निजी क्षेत्रको करिब रु. २४ अर्ब ५० करोड लगानी भएको छ । यस्तै, वीरेन्द्रनगर औद्योगिक क्षेत्रमा रु. १० करोड बढी लगानी भएको छ । नेपालगन्जमा नेपाल सरकारको करिब रु. ९६ करोड लगानी भएको छभने, सुर्खेतमा रु. १ करोड लगानी भएको छ ।
ठूला उद्योगहरु संचालन भएको नेपालगन्ज औद्योगिक क्षेत्रमा संचालकहरुले लगानी बढाउँदै गएको नेपालगन्ज औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख तुलबहादुर रानाले बताए । उनका अनुसार हाल ३० वटा उद्योगहरु चालु अवस्थामा छन् । यस्तै, औद्योगिक क्षेत्रभित्र २ वटा बन्द र १ वटा लिलामी प्रक्रियामा रहेको छ । नेपालगन्ज औद्योगिक क्षेत्रमा संचालित उद्योगहरुमा करिब ७ सय जनाले रोजगारी पाएका छन्भने, संचालित उद्योगहरुले वार्षिक रु. ६ करोड बढी राजश्व तिर्ने गरेका छन् ।मध्यपश्चिमका दुई औद्योगिक क्षेत्रमा निजी क्षेत्रको करिब २४ अर्ब बढी लगानी भएको छ । मध्यपश्चिमका दुई औद्योगिक क्षेत्र नेपालगन्ज र सुर्खेतमा उक्त लगानी भएको सम्बद्ध कार्यालयहरुले जनाएका छन् । यी दुई औद्योगिक क्षेत्र मध्ये नेपालगन्जमा धेरै लगानी भएको छ । नेपालगन्ज औद्योगिक क्षेत्रमा निजी क्षेत्रको करिब रु. २४ अर्ब ५० करोड लगानी भएको छ । यस्तै, वीरेन्द्रनगर औद्योगिक क्षेत्रमा रु. १० करोड बढी लगानी भएको छ । नेपालगन्जमा नेपाल सरकारको करिब रु. ९६ करोड लगानी भएको छभने, सुर्खेतमा रु. १ करोड लगानी भएको छ ।
औद्योगिक क्षेत्रमा सबैभन्दा ठूलो लगानीमा लक्ष्मी प्लाष्टिक, विजय मेटल, मोर्डन डोर उड प्लाइउड, शिखर केवुल रहेको प्रमुख रानाले जानकारी दिए । यस औद्योगिक क्षेत्रमा संचालित उद्योगहरुले मेटल, प्लाष्टिक, खाद्य, प्लाइउड, विद्युतिय उपकरण, फर्निचर उत्पादन गरिरहेका छन् । यी उद्योगहरुले भारत बाहेक तेस्रो मुलुकबाट समेत कच्चा पदार्थ आयात गर्ने गरेको उनको भनाइ छ ।
‘उत्पादनलाई ध्यानमा राखेर उपकरण र उद्योग विस्तारमा लगानी बढाउँदै लगेका छन्,’ प्रमुख रानाले भने । औद्योगिक केन्द्र बनेको नेपालगन्जमा उद्योगहरु खोल्न आकर्षित हुने गरेको समेत उनले बताए । शान्ति सुरक्षा, बत्तीको राम्रो व्यवस्था भएकाले संचालकहरुले उद्योगमा लगानी बढाउँदै लगेको उनको भनाइ छ । उत्पादनको माग बढेकाले समेत अत्याधुनिक उपकरणमा बढी लगानी भएको समेत भएको छ । उनले भने, ‘औद्योगिक क्षेत्रमा उद्योग खोल्न थुप्रै व्यवसायीहरु आकर्षित भएपनि जग्गाको समस्याका कारण फर्कन बाध्य भएका छन् ।’
यसैगरी वीरेन्द्रनगर औद्योगिक क्षेत्रमा रु. १० करोड लगानी भएको वीरेन्द्रनगर औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख हिमालय भण्डारीले बताए । यस क्षेत्रको उत्पादन कर्णाली अञ्चलमा खपत हुने भएकाले आवश्यकता अनुसार लगानी बढाउँदै गएको उनको भनाई छ ।
वीरेन्द्रनगर औद्योगिक क्षेत्रमा हाल २३ वटा उद्योग चालु अवस्थामा छन् भने, ४ वटा निर्माणधीन र २ वटा बन्द रहेका छन् । १ सय ६० जनाले औद्योगिक क्षेत्रमा रहेका उद्योगहरुमा रोजगारी पाएका छन् । उक्त औद्योगिक क्षेत्रमा मेटल, खाद्य, हाते कागज, चल्ला तथा अण्डा र उनका कपडा उत्पादन हुने गरेका छन् । पहाडी जिल्लाहरु मा उत्पादन खपत हुने भएकाले खासै लगानी बढ्न नसकेको उनको भनाइ छ । बढ्दो लोडसेडिङले समेत उद्योगहरुमा असर पारेकाले संचालकहरु त्यति उत्साहित नभएको उनले बताए ।

No comments:
Post a Comment