सुर्खेतपत्र संवाददाता
कालिकोट, १७ माघ ।
कालिकोटको कुमालगाउँ कर्णाली अञ्चलकै पहिलो खुला धुवाँरहित गाविस बन्न सफल भएको छ । जिल्ला सदरमुकाम बाट ९ कोष उत्तर पश्चिममा पर्ने सो गाविसलाई मंगलबार एक कार्यक्रमका बीच खुला धुवाँरहति गाविस घोषणा गरिएको हो । ५ सय घरधुरी भएको सो गाविसका प्रत्येक घरमा सुधारिएको चुल्हो निर्माण भएपछि गाविसलाई खुला धुवाँरहित गाविस घोषणा गरिएको हो । स्थानीयवासीको रोहवरमा सुन्दर नेपाल संस्था सुर्खेतको आर्थिक सहयोग, स्थानीय गैरसरकारी संस्था हुरुन्डेकको समन्वय र गाविसको कार्यालयको विशेष सहयोगमा चुल्हो निर्माण कार्य सम्पन्न गरिएको थियो ।
घोषणा सभामा जिल्लास्थित विभिन्न राजनीतिक दल, संघसंस्थाका प्रतिनिधि र स्थानीयवासीको सहभागिता रहेको थियो । घोषणाका क्रममा स्थानीयवासीले परम्परागत चुल्होभन्दा सुधारिएको चुल्होबाट आफूहरू लाई फाइदा पुगेको प्रतिक्रिया दिएको सहकारी संस्थाका अध्यक्ष हिरामणि उपाध्यायले बताए ।कालिकोटको कुमालगाउँ कर्णाली अञ्चलकै पहिलो खुला धुवाँरहित गाविस बन्न सफल भएको छ । जिल्ला सदरमुकाम बाट ९ कोष उत्तर पश्चिममा पर्ने सो गाविसलाई मंगलबार एक कार्यक्रमका बीच खुला धुवाँरहति गाविस घोषणा गरिएको हो । ५ सय घरधुरी भएको सो गाविसका प्रत्येक घरमा सुधारिएको चुल्हो निर्माण भएपछि गाविसलाई खुला धुवाँरहित गाविस घोषणा गरिएको हो । स्थानीयवासीको रोहवरमा सुन्दर नेपाल संस्था सुर्खेतको आर्थिक सहयोग, स्थानीय गैरसरकारी संस्था हुरुन्डेकको समन्वय र गाविसको कार्यालयको विशेष सहयोगमा चुल्हो निर्माण कार्य सम्पन्न गरिएको थियो ।
No comments:
Post a Comment