सुर्खेतपत्र संवाददाता
सुर्खेत ७ माघ ।
प्रधानमन्त्री बाबुराम भट्टराईको सरकार दुर्गन्धित भएको भन्दै सुर्खेतका पत्रकारहरुले नाक मुखमा कालो पट्टि बाँधेर विरोध जनाएका छन् । पत्रकार डेकेन्द्र थापाको हत्याको विरोधमा प्रेस चौतारी सुर्खेतको आयोजनामा यहाँका पत्रकारहरुमा हातमा प्लेकार्ड र नाक मुखमा कालोपट्टि बाँधेर आइतवार जिल्ला प्रशासन कार्यालय अगाडि धर्नासमेत दिए ।
धर्नापछि आयोजित कार्यक्रममा पत्रकार महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष चिरन्जीवि अर्यालले आन्दोलन मानवअधिकारको रक्षा र दण्डहीनताको अन्त्यका लागि भएको बताउँदै सहकर्मीका हत्यारालाई कारवाही गर्नुपर्नेमा जोड दिए ।
प्रेस युनियनका केन्द्रीय सदस्य कलेन्द्र सेजुवालले प्रधानमन्त्री बाबुरामको अभिव्यक्ति विश्वभरमै कलंकित भएको बताए । उनले सबै पत्रकारहरु एकजुट भएर पत्रकार हत्याका हत्यारालाई कारवाही नहँुदासम्म आन्दोलनका कार्यक्रमहरु जारी राख्नुपर्ने जनाए । प्रधानमन्त्री बाबुराम भट्टराईको सरकार दुर्गन्धित भएको भन्दै सुर्खेतका पत्रकारहरुले नाक मुखमा कालो पट्टि बाँधेर विरोध जनाएका छन् । पत्रकार डेकेन्द्र थापाको हत्याको विरोधमा प्रेस चौतारी सुर्खेतको आयोजनामा यहाँका पत्रकारहरुमा हातमा प्लेकार्ड र नाक मुखमा कालोपट्टि बाँधेर आइतवार जिल्ला प्रशासन कार्यालय अगाडि धर्नासमेत दिए ।
धर्नापछि आयोजित कार्यक्रममा पत्रकार महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष चिरन्जीवि अर्यालले आन्दोलन मानवअधिकारको रक्षा र दण्डहीनताको अन्त्यका लागि भएको बताउँदै सहकर्मीका हत्यारालाई कारवाही गर्नुपर्नेमा जोड दिए ।
पत्रकार महासंघ सुर्खेतका अध्यक्ष दुर्गा थापाले प्रधानमन्त्री अहिले बाहिरीरुपमा चुप भएपनि भित्रीरुपमा भने कारवाही रोक्नको लागि जेपनि गर्न सक्ने भएकोले सम्पूर्ण पत्रकारहरु एक भएर हत्यारालाई जेल सजाय नसुनाएसम्म आन्दोलन जारी राख्नुपर्ने उल्लेख गरे । उनले विश्वमै नभएको प्रम नेपालमा भएको भन्दै उनले प्रेस स्वतन्त्रताको नभइ आफनो सत्ताको रक्षा गरेको जिकिर गरे ।
प्रेस चौतारी सुर्खेतका अध्यक्ष लक्ष्मण भण्डारीले आन्दोलन प्रेस स्वतन्त्रताको लागि मात्रै नभएर सम्पूर्ण नेपालको मानव अधिकार रक्षा र लोकतन्त्रको रक्षाको लागि भएको बताए । उनले डेकेन्द्रका हत्यारा लाई कारवाही नगर्न बाबुरामले विभिन्न चाल चल्न सक्ने भन्र्दै पत्रकारहरुको आन्दोलन जारी राख्नुपर्नेमा जोड दिए ।

No comments:
Post a Comment