रकम असुल्ने पत्रकारलाई कारबाही माग

सुर्खेतपत्र संवाददाता 
सुर्खेत, १५ माघ ।
    सुर्खेतका सुनचाँदी व्यवसायीहरुसंग मोटो रकम माग गर्ने र नदिए धम्की दिने पत्रकार भूमिप्रसाद सापकोटालाई कारबाही गर्न माग गरिएको छ । सुनचाँदी व्यवसायी संघ सुर्खेतले पत्रकारिताको नाममा सापकोटाले सुनचाँदी व्यवसायीहरुबाट रकम माग गर्दै आतंकित बनाउने काम गरेकोले कारबाहीको माग गरेको हो ।
व्यापारीबाट बार्गेनिङ गरी रकम माग गर्ने र नदिएमा विभिन्न धम्की सापकोटाले दिने गरेकोले सुनचाँदी व्यवसायीहरु पीडित भएको संघले विज्ञप्ति जारी गरी जनाएको छ । धम्की दिएर रकम असुल गर्ने सापकोटालाई कारबाहीको माग गर्दै उसले लिएको रकम असुल गर्नपनि विज्ञप्तिमार्फत आग्रह गरिएको छ । 

No comments:

Post a Comment