अभियुक्तसंग बयान लिन सुरु

पत्रकार डेकेन्द्र हत्या प्रकरण
सुर्खेतपत्र संवाददाता 
दैलेख, ३ माघ । 
    दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्याका अभियुक्तको अनुन्सधान रोक्न महान्यायाधिवक्ताले दिएको लिखित आदेशका विरुद्ध सर्वोच्च अदालतको आदेशपछि जिल्ला प्रहरी कार्यालयले बुधवारदेखि वयान लिन सुरु गरेको छ । हत्या अभियोग लागेका ५ माओवादी कार्यकर्तामाथि प्रहरीले थालेको अनुसन्धानमा वाँकी रहेका दुईजनाको वयान लिने काम सुरु गरिएको हो ।
प्रहरीले थप अनुसन्धानका लागि विहीवारसम्म अदालतबाट म्याद थप गरेको हुनाले वयान लिन बाँकी अभियुक्त जयबहादुर शाही र हरिलाल पुन मगरको जिल्ला सरकारी वकिल कार्यालय दैलेखमा वुधवार दिउँसोदेखि वयान सुरु गरेको दैलेखका प्रहरी निरीक्षक विनोद शर्माले बताए । सर्वोच्च अदालतको आदेशपछि अनुसन्धान प्रक्रिया सुचारु गरेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ  । सर्वोच्चले अनुसन्धान प्रक्रिया जारी राख्न गरेको आदेशपछि जिल्लास्थित राजनीतिक दलले  सदरमुकाममा स्वागत गर्दै अभियुक्त लाई कारबाहीको माग गरेका छन् ।

No comments:

Post a Comment