सुर्खेतपत्र संवाददाता
सुर्खेत, ३ माघ ।
नेपाली कांग्रेसका सभापति सुशील कोइराला यही माघ १८ गते सुर्खेत आउने भएका छन् । सुर्खेतमा हुने आमसभालाई सम्बोधन गर्न उनी सुर्खेत आउन लागेका हुन् । नेपाली कांग्रेस सुर्खेतका सभापति तप्तबहादुर विष्टले बुधवार विज्ञप्ति प्रकाशित गरी पार्टी कार्यालयमा रहेको पुस्तकालय पनि सभापति कोइरालाले उद्घाटन गर्ने कार्यक्रम रहेको जनाएका छन् ।
माघ १८ गतेको कार्यक्रमलाई सफल बनाउन विभिन्न उपसमिति समेत गठन गरिएको छ । जसअनुसार सचिव श्याम भारतीलाई प्रचारप्रसार, कोषाध्यक्ष गोविन्द कोइरालालाई आर्थिक, सदस्य भुपेन्द्र खत्रीलाई स्वागत, नगर सभापति देवकुमार सुवेदीलाई मंच व्यवस्थापन, मप समितिका अध्यक्ष विष्णुबहादुर खड्कालाई यातायात र नेविसंघ तथा तरुण दललाई स्वयंसेवक उपसमितिमा राखिएको विज्ञप्तिमा उल्लेख छ । त्यस्तै माघ १८ गते विहान साढे १० बजे मोटरसाइकल र्यालीपनि गरिने जनाइएको छ । कार्यक्रममा सहभागी हुने पार्टीका नेता, कार्यकर्ता, समर्थक, शुभेच्छुकलगायत सवैमा सभापति विष्टले विज्ञप्तिमार्फत आग्रह गरेका छन् ।नेपाली कांग्रेसका सभापति सुशील कोइराला यही माघ १८ गते सुर्खेत आउने भएका छन् । सुर्खेतमा हुने आमसभालाई सम्बोधन गर्न उनी सुर्खेत आउन लागेका हुन् । नेपाली कांग्रेस सुर्खेतका सभापति तप्तबहादुर विष्टले बुधवार विज्ञप्ति प्रकाशित गरी पार्टी कार्यालयमा रहेको पुस्तकालय पनि सभापति कोइरालाले उद्घाटन गर्ने कार्यक्रम रहेको जनाएका छन् ।

No comments:
Post a Comment