दुर्घटनामा ११ घाइते

सुर्खेतपत्र संवाददाता 
सुर्खेत, ३ माघ ।
    वीरेन्द्रनगरदेखि मालारानीतर्फ गएको बस बुधवार साँझ पौने ६ बजेतिर दुर्घटना भएको छ । ना ४ ख ४१५० नम्बरको बस मालारानीको चौकीचोकमा दुर्घटना भएको इलाका प्रहरी कार्यालय छिन्चुले जनाएको छ ।
इप्रका छिन्चुका इन्चार्ज प्रहरी निरीक्षक रमेश तामाङले दुर्घटनामा १०/११ जना घाइते भएको बताए । घाइतेहरुको उद्धारका लागि साँझै नै छिन्चुबाट प्रहरी को टोली त्यसतर्फ गएको जनाइएको छ ।
 

No comments:

Post a Comment