४४ प्रतिशत बालबालिका निकृष्ट बालश्रममा: सर्वेक्षण

सुर्खेतपत्र संवाददाता 
सुर्खेत, ३ माघ ।
    मध्य तथा सुदूरपश्चिमका ४४ प्रतिशत वालवालिकाहरु निकृष्ट वालश्रमको शिकार हुने गरेको पाइएको छ । नेपाल बहुसूचक सर्वेक्षण २०६७ नतिजा अनुसार यस क्षेत्रका ५ देखि १४ वर्षसम्मका बालबालिकाहरु मध्ये ४४ प्रतिशतले निकृष्ट बालश्रम गरेको पाइएको हो । विश्वव्यापी कानुन अनुसार १४ बर्ष मुनिका बालबालिकाहरुलाई कुनै पनि श्रममा लगाउन पाइदैंन ।
    शाखा तथ्याङ कार्यालय सुर्खेत र केन्द्रीय तथ्याङ विभाग काठमाडौको आयोजनामा वुधवार वीरेन्द्रनगरमा भएको सर्वेक्षण प्रतिवेदन सार्वजनिक कार्यक्रममा प्रतिवेदन प्रस्तुत गर्दै केन्द्रंीय तथ्याङ विभागका निर्देशक वद्री कार्कीले धेरै अविकसति ठाउँमा पुगेर सर्वेक्षण गरिएको दावी गरे । उनले मध्य तथा सुदूरपश्चिमका मात्रै ४४ प्रतिशत वालवालिका खानैका लागि श्रम गरिरहेको उल्लेख गरे । उनले जीवन सन्तुष्टि सम्बन्धी सर्वेक्षण गरेका महिलाहरु मध्ये ९१ प्रतिशत महिला आफनो पारिवारिक जीवन र साथीभाइसंग सन्तुष्ट रहेको, ८३ प्रतिशत आफना वर्तमान रोजगारीसंग, ८१ प्रतिशत विद्यालय, आफैसंग वा समग्र जीवनसंग ८० प्रतिशत र आफनो आम्दानीसंग ७७ प्रतिशत आफना जीउने वातावरणसंग सन्तुष्ट
रहेको बताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम कुँवरले प्रतिवेदन प्रभावकारी नभएको उल्लेख गरे । उनले मुख छोपेर हाँस्दैमा महिला सन्तुष्टि नहुने बताए । उनले सर्वेक्षण अझै प्रभावकारि गर्नुपर्ने सुझाव दिए । आवाज संस्थाकी कार्यक्रम संयोजक पवित्रा शाहीले महिलाहरु अझै पीडामा रहेको भन्दै मुख छोपेर हाँस्दैमा सन्तुष्ट नहुने जिकिर गरिन । कार्यक्रम स्थानीय विकास अधिकारी भोजेन्द्रकुमार क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको हो । 

No comments:

Post a Comment