काठमाडौं, १७ माघ ।
नेकपा–माओवादीको यही माघ ७ गतेदेखि सुरु भएको केन्द्रीय समितिको बैठक सम्पन्न भएको छ । पार्टीको गत पुस २५ देखि यही माघ २ गतेसम्म भएको सातौं महाधिवेशनपछि बसेको पहिलो केन्द्रीय समितिको बैठकले संगठनात्मक संरचना, कार्यविभाजन र संघर्षका कार्यक्रमबारे निर्णय गरेको केन्द्रीय सदस्य सरला रेग्मीले जानकारी दिए ।
बैठकले पार्टीको संगठनात्मक संरचनालाई १४ राज्यसमिति र ५ ब्युरोका रूपमा विभाजन गरेको छ । सोअनुसार अन्तर्राष्ट्रिय ब्युरोमा उपाध्यक्ष सिपी गजुरेल, पूर्वाञ्चलमा खड्गबहादुर विश्वकर्मा, मध्यमाञ्चलमा महासचिव रामबहादुर थापा, मध्यपश्चिमाञ्चलमा इन्द्रमोहन सिग्देल र पश्चिमाञ्चलमा धमेन्द्र बास्तोलालाई इन्चार्जमा तोकिएको छ । नेवा राज्यसमितिका इन्चार्जमा हितमान शाक्य र ताम्सालिङ राज्यसमिति इन्चार्जमा कुलप्रसाद केसीलाई चयन गरिएको छ । नेकपा–माओवादीको यही माघ ७ गतेदेखि सुरु भएको केन्द्रीय समितिको बैठक सम्पन्न भएको छ । पार्टीको गत पुस २५ देखि यही माघ २ गतेसम्म भएको सातौं महाधिवेशनपछि बसेको पहिलो केन्द्रीय समितिको बैठकले संगठनात्मक संरचना, कार्यविभाजन र संघर्षका कार्यक्रमबारे निर्णय गरेको केन्द्रीय सदस्य सरला रेग्मीले जानकारी दिए ।
पार्टीले लिएको ‘जनयुद्धको जगमा जनविद्रोह’ को कार्यदिशालाई सफल पार्ने गरी संघर्षका कार्यक्रम अगाडि बढाउने निर्णय बैठकले गरेको केन्द्रीय सदस्य रेग्मीले जानकारी दिए । तत्कालका लागि पार्टीले सरकारलाई बुझाएको ७० बुँदे माग पूरा गराउन तथा राष्ट्रियता, जनसंविधान र जनजीविकाका सवाललाई लिएर आन्दोलन चर्काउने निर्णय गरिएको उनले बताए ।
यसअघि ४३ सदस्यीय केन्द्रीय समितिमा ८ जना बनाउने महाधिवेशनले निर्णय गरे पनि बैठकले केन्द्रीय सदस्य थप्न सकेन । महाधिवेशनअघि रहेको केन्द्रीय सल्लाहकार समितिलाई नै पुन: निरन्तरता दिने निर्णय बैठकले गरेको छ । बैठकका निर्णयबारे बुधबार अपरान्ह पार्टी केन्द्रीय कार्यालय बुद्धनगरमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने भएको छ ।
No comments:
Post a Comment