सुर्खेतपत्र संवाददाता
सुर्खेत, १३ माघ ।
सिर्जना सामुदायिक वन उपभोक्ता समूह उत्तरगंगाको १६ औं बार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । जिल्ला वन कार्यालयका फरेष्टर अमृतलाल कँडेल, समूहका सल्लाहकार नारायण विक, बलबहादुर शाहीलगायतले आ–आफ्नो धारणा राखेका थिए । सो अवसरमा सचिव दुर्गा पुन र कोषाध्यक्ष उदयराम विष्टले प्रगति तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
यसैवीच खड्कबहादुर सुनारको अध्यक्षतामा पुन: १५ सदस्यीय नयाँ कार्यसमिति समेत गठन गरिएको छ । सदस्य अमरबहादुर भण्डारीले सहजीकरण गरेको कार्यक्रममा उपाध्यक्ष भक्तबहादुर बुढाले स्वागत गरेका थिए ।सिर्जना सामुदायिक वन उपभोक्ता समूह उत्तरगंगाको १६ औं बार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । जिल्ला वन कार्यालयका फरेष्टर अमृतलाल कँडेल, समूहका सल्लाहकार नारायण विक, बलबहादुर शाहीलगायतले आ–आफ्नो धारणा राखेका थिए । सो अवसरमा सचिव दुर्गा पुन र कोषाध्यक्ष उदयराम विष्टले प्रगति तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
No comments:
Post a Comment