६६ लाखमा मासु सेन्टर स्थापना

सुर्खेतपत्र संवाददाता 
सुर्खेत, १३ माघ ।
    शनिवारदेखि उत्तरगंगा गाविसको गण्डकीलाइनमा भ्याली स्वच्छ मासु सेन्टरस्थापना गरिएको छ । ८ जनाको संयुक्त ६६ लाख लगानीमा स्थापना गरिएको स्वच्छ मासु सेन्टरले जिल्लामा आम उपभोक्ताहरु लाई सकेजति शुद्ध मासु खुवाउने दावी गरिएको छ । सञ्चालक मध्येका एक मदन खड्काले आधुनिक रुपमा निर्माण गरिएको बधशाला र विक्री केन्द्रलाई एकै ठाउँमा राखेर आम उपभोक्ताहरुलाई स्वच्छ मासु विक्री गरिने जनाए ।
    सेन्टरलाई नाफामूलक भन्दापनि सेवा मुलक वनाइने र आगामि दिनहरुमा जिल्लामै नमूना प्रकारको खसीपालन र कुखुरापालन केन्द्रको विकास गर्ने लक्ष्य रहेको जानकारी पनि उनले दिए ।
    सेन्टर उद्घाटन कार्यक्रममा बोल्दै जिल्ला पशु सेवा कार्यालयका निमित्त प्रमुख नारायण न्यौपानेले विश्व व्यापार संगठनको मापदण्डमा रहेर निर्माण गरिएको शुद्ध मासु विक्री केन्द्र सुर्खेतमा यो दोस्रो भएको वताए ।
    क्षेत्रीय पशु सेवा निर्देशनालयका पशु विकास अधिकृत बेचुलाल चौधरीले नेपाल विश्व स्वास्थ्य संगठनको सदस्य भएपनि यसको मापदण्डमा रहेर खाद्य पदार्थ विक्री वितरण नभएको र यो मासु सेन्टरको विक्री केन्द्र र बधशाला मापदण्डमा रहेर स्थापना गरिएको वताए । उनले अहिलेकै स्थितिमा मासु सेन्टरलाई राख्न र नाम अनुसारको काम निरन्तर गर्न सुझाव समेत दिएका छन् ।
    पछिल्लो समयमा सुर्खेतबासीले स्वच्छ मासु भनेपनि सो अनुसारको मासु पाउन सकेका छैनन् ।


 

No comments:

Post a Comment