माघ १५ गते भेरी–कर्णाली बन्द

सुर्खेतपत्र संवाददाता 
काठमाडौं, ६ माघ ।
    पत्रकार डेकेन्द्रराज थापाका हत्या आरोपीलाई रिहा गर्न माग गर्दै वैद्य पक्षीय नेकपा–माओवादीले यही माघ १५ गते भेरी–कर्णाली बन्दको घोषणा गरेको छ ।
    माओवादीका भेरी–कर्णाली राज्य समितिका सेक्रेटरी भरत बम ‘रणवीर’ द्वारा शनिबार जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘हाम्रा गिरफ्तार कमरेडहरुको तत्काल रिहाइ गरी राज्य र विद्रोही दुबै पक्षसंग सम्वन्धित सम्पूर्ण मुद्दाहरु सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत समाधान गर्न दबाव दिन भेरी कर्णाली राज्य समिति आगामी माघ १५ गते राज्य बन्दको आव्हान गर्दछ ।’
 

No comments:

Post a Comment