सुर्खेतपत्र संवाददाता
सुर्खेत, ६ माघ ।
सुर्खेत जिल्लामा रहेका नृत्य प्रतिभालाई उजागर गर्ने हेतुले द मुभी हाउस नेपालको आयोजनामा संचालन भइरहेको सुर्खेत सुपर डान्स स्टार–२०६९ खुल्ला नृत्य प्रतियोगिताको उत्कृष्ट १० प्रतियोगी छनौट गरिएको छ । शनिवार तेस्रोबाट उनीहरु चौथो चरणमा प्रवेश गरे ।
उत्कृष्ट १० मा पर्नेहरुमा बसन्ती रामजाली, लक्ष्मी बोहोरा, विष्णु सुवेदी, भावना शाही, दिपिका शर्मा, बिपना सुर्खेत जिल्लामा रहेका नृत्य प्रतिभालाई उजागर गर्ने हेतुले द मुभी हाउस नेपालको आयोजनामा संचालन भइरहेको सुर्खेत सुपर डान्स स्टार–२०६९ खुल्ला नृत्य प्रतियोगिताको उत्कृष्ट १० प्रतियोगी छनौट गरिएको छ । शनिवार तेस्रोबाट उनीहरु चौथो चरणमा प्रवेश गरे ।
मन्दिर, पूजा गिरी, रश्मी रावल, सम्झना बस्याल र नबीना खाम्चा रहेका छन् ।
गत असोज ६ गतेबाट सुरु भएको नृत्य प्रतियोगतामा सुर्खेत जिल्लाका ५३ जना प्रतिस्पर्धीहरुले भाग लिएका थिए ।
प्रतियोगितामा धर्मराज गिरी, मीनु भट्ट र दिपेन्द्र रानाले निर्णायकको भूमिका निर्वाह गरेका छन् । यस कार्यक्रम फागुनको पहिलो हप्तासम्म संचालन हुने सल्लाहाकार ललित गाहाले बताए ।
यसभन्दा अगाडिको चरणहरुमा अन्य प्रतिस्पर्धीहरु बाहिरी सकेको र शनिवारसम्म उत्कृष्ट १० जना प्रतिस्पर्धी छनौट हुन सफल भएको आयोजक द मुभी हाउस नेपाल सुर्खेतका कार्यक्रम संयोजक रेशम कुमार शाहीले बताए ।
No comments:
Post a Comment