सुर्खेतपत्र संवाददाता
सुर्खेत, ३ माघ ।
जिल्ला विकास समिति सुर्खेतले प्रदान गर्ने विभिन्न सेवाहरुमा पनि राजनीति हावी हुने गरेको आरोप सेवाग्राहीले लगाएका छन् । जिविस सुर्खेतको आयोजनामा बुधबार भएको सार्वजनिक सुनुवाईका सहभागीहरुले उक्त आरोप लगाएका हुन् । सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै सेवाग्राही भोजप्रसाद चपाईंले जिविसबाट संचालित विभिन्न सेवामूलक कार्यक्रमहरु जनताको हितमा नभइ राजनीतिमूलक रहेको आरोप लगाए । उनले जनताले पाउने राहतका बारेमा कतिपय जनतालाई थाहा नै नभएको उल्लेख गरे ।
यस्तै लाटिकोइलीका नन्दप्रसाद चौलागाईंले अपांगहरुले पाउनुपर्ने सेवा तथा सुविधाहरु उनीहरुले नपाएको बताए । उनले लामो समय वित्दापनि अपांगको तथ्यांक आउन नसकेकोमा गुनासो व्यक्त गरे । उनले कार्यालयहरुमा अपांगमैत्री शौचालय नहुँदा आफूहरुलाई सास्ती भएको बताए । जिल्ला विकास समिति सुर्खेतले प्रदान गर्ने विभिन्न सेवाहरुमा पनि राजनीति हावी हुने गरेको आरोप सेवाग्राहीले लगाएका छन् । जिविस सुर्खेतको आयोजनामा बुधबार भएको सार्वजनिक सुनुवाईका सहभागीहरुले उक्त आरोप लगाएका हुन् । सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै सेवाग्राही भोजप्रसाद चपाईंले जिविसबाट संचालित विभिन्न सेवामूलक कार्यक्रमहरु जनताको हितमा नभइ राजनीतिमूलक रहेको आरोप लगाए । उनले जनताले पाउने राहतका बारेमा कतिपय जनतालाई थाहा नै नभएको उल्लेख गरे ।
यस्तै नेत्रहीन संघका मायाप्रसाद जैसीले जिविसले बजेट गोप्यरुपमा विनियोजन गरेर त्यसलाई राजनीतिमूलक बनाएको आरोप लगाए । उनले आवश्यकताको मूल्यांकन गरेर बजेट विनियोजन हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा आकाशतारा वयकले जिविसमा जनताको लागि रहेको सूचना केन्द्र जनताले प्रयोग गर्न नपाएको बताए । उनले जिविस लगायत सरकारी कार्यलयमा लागू हुने भनेका स्वास्थ्य र खानेपानी लागू नभएको बताए । उनले जिविसमा सुरुवातमा लागू भएको तर आजभोलि निष्क्रिय रहेको जनाए ।
कार्यक्रममा उठेका जिज्ञासाका वारेमा प्रकाश पार्दै जिविस सुर्खेतका स्थानीय विकास अधिकारी भोजेन्द्रकुमार क्षेत्रीले सूचना केन्द्र चाँडै नै जनमुखी बनाउने आश्वासन दिए । उनले खानेपानीको व्यस्वथापनि पुन: संचालन हुने बताए । जिविस सुर्खेतका योजना शाखाका नासु रामबहादुर बुढाले जिविसबाट प्रदान हुने सेवा तथा सुविधा जनताकै हितमा भनेर विनियोजन गर्ने दावी गरे । उनले कोही सुविधा भने सरोकारवाला कार्यालयको जिम्मा लगाउने भएकोले यस्तो भएको हुनसक्ने स्वीकार गरे । तर आगामी योजनाहरुमा उचित निरीक्षण तथा अनुगमन गरेर विनियोजन गरिने जानकारी उनले दिए ।
No comments:
Post a Comment