दैलेखबाट विपक्षी दलहरुको आन्दोलन सुरु

सुर्खेतपत्र संवाददाता 
दैलेख, ६ माघ ।
कांग्रेस र एमाले लगायतका विपक्षी दलको पहिलो चरणको सरकारविरोधी आन्दोलन दैलेखबाट सुरु भएको छ । दैलेख सदरमुकाममा आयोजित सभालाई सम्बोधन गर्दै एमाले उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री बामदेव गौतमले डा. बाबुराम भट्टराई नेतृत्वको सरकार सत्तालिप्साबाट प्रेरित भएकाले दिनप्रतिदिन निरंकुश बन्दै गएको बताए ।
    कांग्रेस नेता डा. रामशरण महतले एनेकपा माओवादी अग्रगामी शक्ति नभएको बताए । जनताका जीविका सवाल बन्द गर्ने, जातीयताका नाममा मुलुक विखण्डन गर्ने र सत्तामा रहँदा समेत आपराधिक चरित्र कायमै राखेकाले माओवादी पश्चगामी शक्ति भएको बताए ।
    सभालाई राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष जनकराज रेग्मी, नेकपा संयुक्तका ठाकुर शर्मा, मालेका पोलिटब्युरो सदस्य गोपालमणि गौतम, राप्रपाका केन्द्रीय सदस्य गोविन्दविक्रम शाह, स्वर्गीय पत्रकार डेकेन्द्रकी पत्नी लक्ष्मी थापा लगायतले सम्बोधन गरेका थिए । डेकेन्द्र पत्नी लक्ष्मीले आफ्नो न्यायको लडाईमा पूर्वमेचीदेखि पश्चिम महाकाली सम्मका न्यायप्रेमीहरुको साथ रहेको बताउँदै पतिलाई शहीद घोषणा गर्न विपक्षी दलले पहल गर्नुपर्ने भनाइ राखेकी थिइन् ।
 

No comments:

Post a Comment