‘पैसा कमाउने लोभमा कोठीको यातना’
ललित बसेल/कमल पन्त
सुर्खेत (छिन्चु), ७ माघ ।
म रमा (नाम परिवर्तन) । करिव दुई बर्ष अगाडि सुर्खेतको मैनतडा गाविसको एक विद्यालयमा कक्षा ५ मा पढिरहेको थिएँ । तीन छोरी र एक छोरामध्ये म जेठी छोरी । त्यतिकैमा छिमेकी साथी जसवीन बादीले यहाँ कमाई गर्ने आधार छैन भारत कम्पनीमा काम गर्न जाउँ, पैसा कमाइन्छ भनी । धेरै पैसा कमाउने लोभमा परी म पनि उसकै भनाइमा लागेर भारत गए ।
भारतको नयाँदिल्लीको जीवीरोड कोठा नं. ५६ मा पुर्याइयो । मैनतडाकै ममता वादीले कोठी चलाएको रहेछ । म बेचिएको कुरा त्यहाँ पुगेपछि थाहा भयो । म बेस्सरी रोएँ कराए । केही लागेन । ग्राहकलाई दिनदिनै खुशी बनाउनुपथ्र्यो । दैनिक ५० जनालाई खुशी बनाउनुपथ्र्यो । खुशी नबनाए कुट्ने, पिट्ने गरिन्थ्यो । कति पटक नमान्दा त चुरोटको ठुटोले शरीर, खुट्टाभरी डामिन्थ्यो । त्यसरी रोएर दिनरात काटें । निकै समयपछि बुवा परशुराम बुढाथोकी जानुभयो । ममताले मलाई ‘धन्दा’ गर्छु नभन्नु, कोठा सफा गर्ने काम गर्छु भन्ने सिकाई । तर मैले बुवालाई यहाँ ‘धन्दा’ गर्छु भनेर सवै बेलिविस्तार लगाएँ । बुबाले मलाई छुटाएर ल्याउनुहोला भनेको त उल्टै कोठी संचालक ममतासंग १५ हजार भारु पो लिएर आउनुभयो । मेरो पीडा सुनुवाई नै गर्नुभएन । म रमा (नाम परिवर्तन) । करिव दुई बर्ष अगाडि सुर्खेतको मैनतडा गाविसको एक विद्यालयमा कक्षा ५ मा पढिरहेको थिएँ । तीन छोरी र एक छोरामध्ये म जेठी छोरी । त्यतिकैमा छिमेकी साथी जसवीन बादीले यहाँ कमाई गर्ने आधार छैन भारत कम्पनीमा काम गर्न जाउँ, पैसा कमाइन्छ भनी । धेरै पैसा कमाउने लोभमा परी म पनि उसकै भनाइमा लागेर भारत गए ।
यसैगरी मसंग आउने ग्राहक (भारतीय नागरिक) संग राम्रोसंग चिनाजानी भयो । उसले आफ्नो मोबाइल र सिम कार्ड दिएको थियो । यसैक्रममा भारतीय प्रहरीले कोठीमा छापा मार्यो । म त्यसै बेला भागें र प्रेमीलाई फोन गरे । ऊ आयो । दुवैजना सुरक्षित हुन भारतीय अदालतमा कोर्ट म्यारिज गर्यौं । कोर्ट म्यारिज गर्न बुवा आउनुपर्ने भएकोले बोलाइयो । उहाँले फेरि प्रेमीबाट १० हजार रुपैयाँ लिनुभयो । म कोठीबाट ४ पटक भागें तर ममताले भारतीय गुण्डाहरु लगाएर पत्ता लगाइहाल्थी ।
जव यही माघ १ गते माइती मैनतडामा दुवैजना आयौं । घर आउँदा बाबुले गाली र धम्की गर्न थाले । मेरो प्रेमीलाई मार्नेसम्मको कुरा गर्न थालें । मलाई ऊसंग छुटाएर फेरि बेच्ने सोच रहेछ । हामी फेरि घर नबसेर भारततिर जाने भनी बसमा चढ्यौं । छिन्चु आउँदा प्रहरीले समात्यो ।
त्यो कोठीमा मेरो गाउँ मैनतडाका मात्रै ५/६ जना केटीहरु छन् । म आउँदा त्यहीकै झरना वादीले घर पठाइदिएको ५ हजार भारु लिएर आइदिएको थिएँ । झरना वादीपनि त्यहीं काम गर्छे । त्यो कोठी निकै ठूलो छ । त्यहाँ नेपाली केटी मात्रै एक सय भन्दा बढी होलान् । हामीलाई बाहिर हेर्नसमेत दिइन्न । पैसा पनि दिइन्न । ग्राहकले दिएको बक्सिसपनि लुकाएर राख्छौं ।
मैले बाबुसहित ९ जना विरुद्ध किटानी जाहेरी दिएको छु । छोरी बेच्ने पनि कहीं बाबु हुन्छन् ? मैले बाबुलाई पक्राउ गर्न लगाएकोमा कुनै पछुतो छैन । आमालाई पनि बाबुले बेस्सरी कुट्थे । त्यसैले मामा घरबाट विदेश जानुभएको छ । मैले प्रेमी भारती नागरिकसंग विहे गरिसकेकी छु । उसले नै मलाई यति साथ दिएको छ । अव म उहीसंग नै जान्छु ।
को हुन् ममता बादी ?
ममता वादी करिव २८ बर्षीया मैनतडाकै महिला हुन् । इलाका प्रहरी कार्यालय छिन्चुका इन्चार्ज प्रहरी निरीक्षक रमेशकुमार तामाङका अनुसार ममता पनि सुरुमा कोठीमै बेचिएकी हुन् । बेचिएपछि कोठी संचालकसंग विहे गरेको र उसले पनि छोडेर अर्की विहे गरेपछि ममताले आफै छुट्टै कोठी संचालन गरेर बसेको रमाको बयानमा उल्लेख छ । कोठीमा उसले थुप्रै भारतीय गुण्डाहरु राखेकी छ । किटानी जाहेरी दिइएका सागर वादी, ओवीलाल वादी, मानबहादुर बादी र करिश्मा वादी भारततिरै छन् । करिश्मा ममताकी बहिनी हो । पक्राउ परेका बाबु परशुराम बुढाथोकी, विसे कामी, ओमे मिजार, तुलसी बादी र जसवीन कामी मध्ये तुल्सी ममताकी ठूली आमा हो । केही समय पहिला मैनतडामै आएर ममताले रमालाई हेरेको र पछि जसवीनले फकाएर लगेको प्रहरी निरीक्षक तामाङले बताए ।
मैनतडामा व्यापक निगरानी
यस घटनापछि मैनतडामा विशेष निगरानी गरिएको इलाका प्रहरी कार्यालय छिन्चुले जनाएको छ । शंकास्पद व्यक्तिहरुमा नजर राखिएको छ । रमा र उसको प्रेमीलाई कागज गराएर छाडिएको छ । रमालाई भविष्यमा धोका नदेओस् भनेर उसको राम्रो परिचय खुल्ने कागजात, औंठाछाप लिइएको प्रहरी निरीक्षक तामाङले बताए ।
बेचविखनमा घरपरिवारकै व्यक्तिहरु संलग्न रहेकोले पत्ता लगाउन पनि कठिन भएको उनको अनुभव छ । परिवारकै सदस्यहरुले हैन भनेर ढाँट्ने भएकोले प्रहरीलाई काम गर्न चुनौती थपिएको उनले बताए । यता रमालाई विहे गर्ने भारतीय युवकले आफूले रमालाई कहिल्यै धोका नदिने बताएको छ । कोठीबाट समेत उसलाई बचाएर निकालें अव उसलाई राम्ररी राख्छु भन्दै उक्त युवकले कुनैपनि धोका नदिने भनी कोर्ट म्यारिज गरेको बताए । पक्राउ परेका ५ जनालाई अदालतबाट सात दिनको म्याद थपी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । फरारहरुको खोजी कार्य जारी राख्दै पक्राउ परेकाहरुलाई मानव बेचविखन तथा ओसार पसारमा अनुसन्धान भइरहेको सुर्खेत प्रहरीले जनाएको छ ।
(कुराकानीमा आधारित)

No comments:
Post a Comment