सुर्खेतपत्र संवाददाता
सुर्खेत, १३ माघ ।
असुरक्षाको कारण विस्थापित भएर सुर्खेत आएका दैलेखका पत्रकारहरुले सरकारी छानविन टोलीसमक्ष सुरक्षाको पूर्ण प्रत्याभूति नभएसम्म दैलेख नफर्कने अडान राखेका छन् । शनिवार गृह मन्त्रालयका सहसचिव लक्ष्मीप्रसाद ढकाल नेतृत्वमा आएको छानविन टोलीसमक्ष पत्रकार महासंघ दैलेखका अध्यक्ष पुष्कर थापाले सुरक्षाको प्रत्याभूति नभएसम्म दैलेख नफर्कने सात बुँदे अडानसमेत राखे ।
असुरक्षाको कारण विस्थापित भएर सुर्खेत आएका दैलेखका पत्रकारहरुले सरकारी छानविन टोलीसमक्ष सुरक्षाको पूर्ण प्रत्याभूति नभएसम्म दैलेख नफर्कने अडान राखेका छन् । शनिवार गृह मन्त्रालयका सहसचिव लक्ष्मीप्रसाद ढकाल नेतृत्वमा आएको छानविन टोलीसमक्ष पत्रकार महासंघ दैलेखका अध्यक्ष पुष्कर थापाले सुरक्षाको प्रत्याभूति नभएसम्म दैलेख नफर्कने सात बुँदे अडानसमेत राखे ।
एमाओवादीको जिल्ला सम्मेलनमा सुर्खेतबाट डिआईजीले नै स्कर्टिङ गरेर माओवादीका हतियारधारी कार्यकर्ताहरुलाई गाडीमा राखी दैलेख पुर्याउनु, पत्रकारहरुलाई होटलमै खोजी गर्नु, आफू निकटका बाहेक अन्य पत्रकारहरु लाई माओवादीको सम्मेलनमा प्रवेश नदिनु, १० पत्रकारलाई डेकेन्द्र बनाइदिने धम्की दिइनु र त्यसको १० मिनेट नवित्दै हाम्रो तेस्रो आँखा दैनिकको कार्यालय तोडफोड गरिनुले एमाओवादीले पत्रकारहरुमाथि कडा निगरानी गरेको पत्रमा उल्लेख छ ।
डेकेन्द्र हत्याका आरोपीलाई प्रहरीले पक्राउ गरेलगत्तै दुवै माओवादीका जिम्मेवार नेताहरुले पत्रकारसंग हातपात प्रयास गरेको, जिल्लामा प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख नभएको मौका छोपी छानीछानी पत्रकारमाथि आक्रमण गर्ने योजना बुनिएको सूचना पाएपछि जिल्लामा बसेर पत्रकारिता गर्न असहज ठानेर विस्थापित हुनुपरेको टोलीलाई दिइएको पत्रमा जनाइएको छ । सरकारी छानविन टोलीलाई अडानपत्र दिदैं पत्रकार महासंघ दैलेखका अध्यक्ष पुष्कर थापाले सरकारको नेतृत्व गरेको एमाओवादी र गृह प्रशासनले पूर्ण सुरक्षाको प्रत्याभूति नदिएसम्म जिल्ला नफर्कने दोहोर्याए ।
समितिका संयोजक लक्ष्मीप्रसाद ढकालले अडानपत्र लिंदै दैलेखको अवस्था जस्तो छ, त्यस्तै प्रतिवेदन बुझाइने आश्वासन दिए । टोलीलाई विस्थापित पत्रकारहरुले दैलेख घटनाको मुख्य कारण प्रधानमन्त्री बाबुराम भट्टराई नै भएको आरोप लगाए ।
पत्रकार महासंघका केन्द्रीय सदस्य सूर्यमणि गौतमले माओवादी कार्यकर्तालाई स्कर्टिङ गरेर दैलेख पुर्याउने डिआईजीलगायत उच्च सुरक्षा अधिकारीलाई कारबाही गर्नुपर्ने बताए । उनले सुर्खेतमा पनि विस्थापित भएका पत्रकारहरुको सुरक्षा नभएकोमा दु:ख प्रकट गरे । महासंघका केन्द्रीय सचिव जगत नेपालले विस्थापित पत्रकारहरुको पुनस्र्थापनाका लागि महासंघले तीन वटा विकल्पमा छलफल गरिरहेको जानकारी दिए । प्रधानमन्त्री र माओवादी अध्यक्षको प्रतिवद्धतापछि मानवअधिकार आयोगको समन्वयमा वा पत्रकार महासंघको पहलमा वा अन्तर्राष्ट्रिय मिडिया मिसनद्वारा विस्थापित पत्रकारहरुलाई पुनस्र्थापित गर्न सकिने सवालमा छलफल भएको सचिव नेपालले बताए । छानविन टोलीमा संयोजक ढकालसहित नेपाल प्रहरीका डिआईजी गोपाल भण्डारी, सशस्त्रका डिआईजी उत्तम खड्का र अनुसन्धानका डिआईजी दिलिप रेग्मी रहेका छन् ।
विस्थापित पत्रकारलाई सहयोग
सुर्खेत, माघ १३ । (सुस)
दैलेखबाट विस्थापित पत्रकारको लागि नेपाल प्रेस युनियनमार्फत २५ हजार रुपैयाँ सहयोग भएको छ । पत्रकारद्वय पुरुषोत्तम बस्नेत र राजेन्द्र पराजुली तथा अधिवक्ता उद्धव केसीले संयुक्त रुपमा सहयोग गरेका नेपाल प्रेस युनियनले जनाएको छ । सहयोग रकम शनिवार युनियनका केन्द्रीय सदस्य कलेन्द्र सेजुवालले नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष पुष्कर थापालाई हस्तान्तरण गरे ।
यसैबीच, शनिवार नेपाली कांग्रेस सुर्खेतका सभापति तप्तबहादुर बिष्टसहितको टोलीले विस्थापित पत्रकारलाई भेटी पत्रकारको आन्दोलनमा ऐक्यवद्धता जनाएको छ । सभापति बिष्टले लोकतन्त्र र प्रेस स्वतन्त्रताको आन्दोलनमा कांग्रेसले सधैं साथ दिने बताए । भेटघाटमा पार्टीका जिल्ला कमिटी सचिव श्याम भारती, कोषाध्यक्ष गोविन्द कोइराला, सदस्य भुपेन्द्र खत्री, वडा नं. ६ का सभापति मोति कँडेल र धर्मराज बिकलगायतको सहभागिता थियो ।
No comments:
Post a Comment