सुर्खेतपत्र संवाददाता
काठमाडौं, ३ माघ ।
पत्रकार डेकेन्द्रराज थापाको हत्याविरुद्ध थालिएको आन्दोलनलाई लिएर नेपाल पत्रकार महासंघमा दुई धार देखा परेको छ । महासंघले डेकेन्द्रको विषयलाई मात्रै आन्दोलनको विषय बनाएको भन्दै महासंघमा आवद्ध क्रान्तिकारी पत्रकारहरु रुष्ट बनेका छन् । एमाओवादीनिकट क्रान्तिकारी पत्रकार संघले नेपाल पत्रकार महासंघ सबैको भावनाअनुसार अघि बढ्न नसकेको भन्दै आफू महासंघबाट फिर्ता हुनसक्ने चेतावनीसमेत दिएको छ । क्रान्तिकारीका तर्फबाट महासंघमा पत्रकार ओम शर्मा महासचिव छन् ।
राजधानीमा भएको र्यालीपछि आयोजित कोणसभामा बोल्दै संघका संयोजक गोविन्द आचार्यले राज्यबाट हत्या गरिएका पत्रकारका हत्यारामाथि कारबाहीको विषय महासंघको एजेण्डामा नपरेको भन्दै आपत्ति जनाएका हुन् । ‘पत्रकार महासंघ सबै विचार र आस्था राख्ने पत्रकारहरुको छाता संस्था हो’, कृष्णसेनसहितका पत्रकारका हत्यारामाथि कारबाही गर्न महासंघको वर्तमान नेतृत्वले चासो दिएको छैन’, महासंघका पूर्व उपाध्यक्षसमेत रहेका आचार्यले भने, ‘पत्रकारका हत्यारामाथि एकै प्रकृतिको कानुन बनाएर कारबाही गर्ने एजेण्डा अघि नसारे हाम्रो संगठन महासंघबाट फिर्ता हुनसक्छ ।’ पत्रकार डेकेन्द्रराज थापाको हत्याविरुद्ध थालिएको आन्दोलनलाई लिएर नेपाल पत्रकार महासंघमा दुई धार देखा परेको छ । महासंघले डेकेन्द्रको विषयलाई मात्रै आन्दोलनको विषय बनाएको भन्दै महासंघमा आवद्ध क्रान्तिकारी पत्रकारहरु रुष्ट बनेका छन् । एमाओवादीनिकट क्रान्तिकारी पत्रकार संघले नेपाल पत्रकार महासंघ सबैको भावनाअनुसार अघि बढ्न नसकेको भन्दै आफू महासंघबाट फिर्ता हुनसक्ने चेतावनीसमेत दिएको छ । क्रान्तिकारीका तर्फबाट महासंघमा पत्रकार ओम शर्मा महासचिव छन् ।
कांग्रेस नेता देउवालाई गिरस्तार गर्न आग्रह
आचार्यले पत्रकार सेनका हत्यामा संलग्न तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा, गृह राज्यमन्त्री देवेन्द्रराज कँडेललाई तत्काल गिरफ्तार गरी जेल हाल्न सरकारसंग माग गरे । यस्तै पत्रकार मिलन नेपालीलाई बेपत्ता पार्ने निर्देशन दिने तत्कालीन गृहमन्त्री बामदेव गौतमलाई पनि उन्मुक्ति नदिन आचार्यले माग गरे । ‘शेरबहादुर देउवा, खुमबहादुर खड्का, देवेन्द्रराज कँडेल, बामदेव गौतम र केपी ओलीलगायतका हत्यारामाथि तत्काल कारबाही होस् ।’ शान्ति प्रक्रिया सुरु भएको ६ वर्ष बित्दा पनि द्वन्द्वकालमा मारिएका पत्रकारका हत्यारालाई कारबाही नभएकाले आफूहरु सडकमा उत्रन बाध्य भएको आचार्यको भनाइ छ । यस्तै आचार्यले सत्य निरुपण तथा मेलमिलाप आयोग गठनसम्बन्धी अध्यादेश तत्काल स्वीकृत गर्न राष्ट्रपतिलाई आग्रह गरे ।
आफ्नो संगठनले दैलेखका पत्रकार डेकेन्द्रराज थापाका हत्यारामाथि कारबाही हुनहुन्न भन्ने आवाज नउठाएको स्पष्ट गर्दै आचार्यले हत्या आरोपमा पक्राउ परेर हिरासतमा राखिएका व्यक्तिको पत्रपत्रिका र एफएम रेडियोमा अन्तर्वार्ता प्रकाशन/प्रसारण हुनुले दैलेख घटना रहस्यमय भएको बताए ।
आन्दोलनमा डलरवादीको घुसपैठ भयो: महासचिव शर्मा
कार्यक्रममा नेपाल पत्रकार महासंघका महासचिव ओम शर्माले पत्रकार हत्यामा संलग्नमाथि कानुनी कारबाही नभएसम्म महासंघको आन्दोलन जारी रहने बताए । शर्माले महासंघलाई कुनै पार्टीको भातृ संस्था हुन नदिने स्पष्ट गरे । शर्माले पत्रकार महासंघको आन्दोलनमा डलर सिरानी हाल्नेहरुको घुसपैठ भएको बताउँदै घुस पैठियासंग महासंघको कुनै साइनो नभएको समेत स्पष्ट गरे ।
सबै नागरिकको मानवअधिकार बराबर हुने भएपनि मानवअधिकारका नाममा एनजिओ चलाउनेहरुले कृष्ण सेनको रगतलाई पानी बराबर ठानेको भन्दै शर्माले आपत्ति जनाए । ‘महासंघको आन्दोलनमा पाटनढोका, स्युचाटार र बागबजारमा मुकाम खडा गरेर बसेका डलरजीविहरु पछि लागेका छन्, ‘शर्माले प्रश्न गरे, ‘डेकेन्द्रको रगतलाई रगत र कृष्ण सेनको रगतलाई पानी ठान्ने तिमीहरुको मानव अधिकारको परिभाषा कस्तो हो ?’
आफ्ना कर्मचारीलाई ९ महिनामा एकपटक तलब खुवाउने नेपालका ठूला भन्ने संचारमाध्यमले एउटै घटनालाई उरालेको भन्दै पत्रकार महासंघका महासचिव शर्माले सबै घटनालाई बराबर स्थान दिन आग्रह गरे । ‘आफ्ना कर्मचारीलाई ९ महिनामा एकपटक तलब, खुवाउने तिमीहरुले एउटै मात्र घटनालाई किन उरालिरहेका छौ ?, शर्माले भने, कृष्ण सेनका हत्यारा र मिलन नेपाली बेपत्ता पारिएको बारे कहिल्यै एक शब्द लेखेका छौ ?’ शर्माले कृष्ण सेनकी श्रीमती तक्मा केसीको बेदना बुझ्न चेष्टा गर्नपनि आग्रह गरे ।
रत्नपार्कमा आक्रोशित मुद्रामा भाषण गरेका महासचिव शर्माले डेकेन्द्र थापा प्रकरणजस्तै पत्रकार सेनको मुद्दा उठाएर आफ्नो निष्पक्षता पुष्टि गर्न मानवअधिकार र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको वकालत गर्नेहरुलाई चुनौतीसमेत दिए । कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष सुरेश आचार्यले पत्रकार कृष्ण सेनसहितका हत्यारामाथि कानुनी कारबाहीको माग गरे । कार्यक्रममा क्रान्तिकारी पत्रकार संघका सचिवालय सदस्य बलराम थापा र अखिल नेपाल संचार तथा छापाखाना मदजुर संघका अध्यक्ष जनक शर्मालगायतले राज्यबाट मारिएका पत्रकारका हत्यारामाथि कडा कारबाहीको माग गरे ।
No comments:
Post a Comment