सुर्खेतपत्र संवाददाता
नेपालगन्ज, ८ माघ ।
दुई करोडौंको लागतमा बनेको बाँकेको कोहलपुरस्थित नेपाल टेलिभिजनको एक मात्र क्षेत्रीय प्रशारण केन्द्र पुन: संचालनका लागि पहल गरिएको छ । २०६० साल फागुन १३ गते माओवादीद्वारा क्षतिग्रस्त पुर्याइपछि सेवा प्रशारण अवरुद्ध हँुदै आएको थियो । डेढ विघा क्षेत्रफलमा करिव दुई करोडमा बनेका ३ आवास गृह र एक स्टुडियो भवन अहिले पन वेवारिसे झै छन् । कोहलपुरस्थित नेपाल टेलिभिजनको क्षेत्रीय प्रशारण केन्द्र पुन: संचालनका लागि चौतर्फीरुपमा पहल भइरहेको नेपाल पत्रकार महासंघ बाँकेका सभापति शुक्रऋषी चौलागार्इंले जानकारी दिए ।
टेलिभिजन व्यवस्थापन पक्ष समेत अहिले सम्भाव्यता खोजी तथा स्थायित्वको प्रक्रिया बारे स्थलगत अनुगमन तथा पहलका लागि जुर्मुराएको छ । नेपाल पत्रकार महासंघ बाँके शाखाले प्रशारण केन्द्रको संरक्षण, सम्वद्र्धन तथा पुन: संचालनका लागि निरन्तर दवाव दिएपछि नेपाल टेलिभिजनका अध्यक्ष सिताराम अग्रवालसहितको टिम नेपालगञ्ज आउन लागेको पत्रकार महासंघ बाँके सचिव राकेश मिश्रले जानकारी दिए । दुई करोडौंको लागतमा बनेको बाँकेको कोहलपुरस्थित नेपाल टेलिभिजनको एक मात्र क्षेत्रीय प्रशारण केन्द्र पुन: संचालनका लागि पहल गरिएको छ । २०६० साल फागुन १३ गते माओवादीद्वारा क्षतिग्रस्त पुर्याइपछि सेवा प्रशारण अवरुद्ध हँुदै आएको थियो । डेढ विघा क्षेत्रफलमा करिव दुई करोडमा बनेका ३ आवास गृह र एक स्टुडियो भवन अहिले पन वेवारिसे झै छन् । कोहलपुरस्थित नेपाल टेलिभिजनको क्षेत्रीय प्रशारण केन्द्र पुन: संचालनका लागि चौतर्फीरुपमा पहल भइरहेको नेपाल पत्रकार महासंघ बाँकेका सभापति शुक्रऋषी चौलागार्इंले जानकारी दिए ।
टेलिभिजनका योजना अनुसन्धान तथा अन्तर्राष्ट्रिय सम्वन्ध महाशाखाका निर्देशक प्रकाश जंग कार्की, इन्जिनियर रविन्द्र पराजुली लगायतको टोली आउन लागेको हो । टोलीले सरोकारवाला व्यक्ति, संचारकर्मी, वुद्धिजीविसंग सल्लाह सुझाव लिने र संचालन सहभागिताको विषयमा छलफल गर्नेछ ।
पत्रकार महासंघ बाँके अध्यक्ष शुक्रऋषि चौलागाईं नेतृत्वको टोलीले यसअघि केन्द्र पुन: संचालनका लागि पहल गर्न संचारमन्त्री राजकिशोर यादवसमक्ष ज्ञापन पत्र पेश गरेको थियो । साथै शाखाको मंसीर ७ गते सम्पन्न साधारण सभाले समेत केन्द्र प्रशारणका लागि तत्काल प्रक्रिया थाल्न जोडदार माग गरेको थियो ।

No comments:
Post a Comment