भित्ता फोडेर ४ थुनुवा फरार

सुर्खेतपत्र संवाददाता 
कैलाली, १७ माघ ।
    जिल्ला प्रहरी कार्यालय कैलालीमा रहेका चार जना थुनुवा कैदी फरार भएका छन् । हिरासतको भित्ता फोडेर उनीहरु फरार रहेको प्रहरीले जनाएको छ ।
    फरार कैदीहरुमा नारद बोहरा, रुपेश चौधरी, आकाश पौडेल र नवीन भुजेल रहेका छन् । भाग्ने मध्ये चौधरी र पौडेल चोरी डकैतीको आरोपमा थुनामा थिएभने भुजेल कर्तव्य ज्यान मुद्दामा थुनामा थिए । बोहोरा मानव बेचविखन गरेको आरोपमा बन्दी थिए ।
    जिल्ला प्रहरी कार्यालय धनगढीका प्रहरी निरीक्षक सुदाम रावलका अनुसार भुजेल र बोहोराको जिल्ला अदालतले केही दिन अघि मुद्दाको म्याद थप गरेको थियो ।
    उनीहरुको खोजी कार्य जारी रहेको छ । हिरासतमा रहेका उनीहरुले राती नै पर्खाल फोडेर भागेका हुन् ।
 

No comments:

Post a Comment