सुर्खेतपत्र संवाददाता
बर्दिया, १३ माघ ।
ठूलाठूला रुखमुनि स–साना झुप्रा छन् । तिनै झुप्राले रुखबाट खसेका शीतका थोपा समेत छेक्न सक्दैन तरपनि त्यहाँ बसेका छन् राजी समुदाय । धुलोमैलो लुगा लगाएका राजी बालबलिका काप्दै बसिरहेका छन् । एउटा घरको झुप्रोमुनि निमोनिया रोगले ग्रसित बृद्ध राजी महिलाले खोक्दै भनिन्, ‘घरले चिसो छेक्न सक्दैन, तातोपानी खाउँ दाउरा पनि छैन नत औषधि किन्ने पैसा नै छ ।’ उनको मात्र समस्या होइन खुरखुरे फाटमा बस्ने सबै राजी परिवारको उस्तै समस्या छ ।
राजी बस्तीमा बुढाबुढी केटाकेटीहरु मात्र बसोबास गर्दछन् । चिसोले गर्दा सबैजसोलाई रुघाखोकी, निमोनिया भएको राजी बस्तीकी अध्यक्ष पार्वती राजी बताउँछिन् । तराईमा बढ्दो चिसोको प्रत्यक्ष प्रभाव राजी समुदायमा परेको छ । बस्ने घर प्रतिकूल मौसमबाट बच्न नसक्ने भएपछि उनीहरु चिसोबाट धेरै प्रभावित भएका छन् । गास, बास र कपासको समस्या झेल्दै आएका राजी समुदायले त्यो समस्यासंगै अहिले चिसोको समस्या पनि झेल्दै आएका छन् । ठूलाठूला रुखमुनि स–साना झुप्रा छन् । तिनै झुप्राले रुखबाट खसेका शीतका थोपा समेत छेक्न सक्दैन तरपनि त्यहाँ बसेका छन् राजी समुदाय । धुलोमैलो लुगा लगाएका राजी बालबलिका काप्दै बसिरहेका छन् । एउटा घरको झुप्रोमुनि निमोनिया रोगले ग्रसित बृद्ध राजी महिलाले खोक्दै भनिन्, ‘घरले चिसो छेक्न सक्दैन, तातोपानी खाउँ दाउरा पनि छैन नत औषधि किन्ने पैसा नै छ ।’ उनको मात्र समस्या होइन खुरखुरे फाटमा बस्ने सबै राजी परिवारको उस्तै समस्या छ ।
वि.स. २०६४ सालमा बर्दियाको बानियाभार गाविसको सीमानामा रहेको मगरागढी गाविसको जनजागृति सामुदायिक वनमा कैलाली, बर्दिया, सुर्खेत लगायतका जिल्लाबाट २ सय ३६ घरपरिवार राजीहरु आएर बसेका थिए । त्यहाँ बसेका कतिपय राजीहरु आफ्नो जिविका चलाउन मुश्किल भएर कामको सिलसिलामा भारततर्फ पलायन हुँदै गएका छन् । अहिले यो बस्तीमा करिब ५० घर परिवार राजीहरु मात्र बसोबास गर्छन् ।
राजी बस्तीमा प्राय: युवाहरु छैनन् । त्यहाँका युवाहरु भारतको कालापहाड, सिम्ला, गढवाल, नैनीताल लगायतका स्थानमा ज्याला मजदुरी गर्न गएका छन् । करिब २० जनाको परिवार संख्या रहेको बुद्धिराम राजीको परिवार पाल्न परिवारका पुरुषहरु ज्याला मजदुरी गर्न भारतका विभिन्न स्थानमा जानुपर्ने बाध्यता छ । उनी भन्छन्, ‘भारतबाट कामको लागि ठेकेदारहरु गाडी लिएर नै बस्तीमा आउँछन् ।’
राजी बस्तीकी मनकुमारी राजीले भनिन्, ‘जाडोले सबैलाई असर गरेको बताउँदै उनले भनिन् घरमा खाने खर्च छैन कसरी केटा केटीलाई लुगाफाटो हाल्ने ।’ जाडोमा लगाउने लुगा नहुँदा जाडोमा समस्या हुने भन्दै उनी थप्छिन्, ‘गर्मीमा त जसोतसो दिन काटिन्छ तर जाडोमा त साह्रै गाह्रो भो ।’ आफ्नो परम्परागत पेशा संकटमा परेको र जग्गा जमीन नभएको कारणले गास, बास र कपासको माग गर्दै सामुदायिक वनमा बसेका राजीलाई समुदायिक वनले हट्न पटक–पटक दवाव दिएपछि राजी समुदायले २०६५ साल साउन १७ गते जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएका थिए ।
जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने क्रममा एक महिलालाई सर्पले टोकेको थियो । त्यसको चार दिनपछि जिल्ला प्रशासन कार्यालयले खुरखुरे फाँटाका राजी समुदायको बस्तीको बारेमा अध्ययन गर्न स्थलगत अनुगमन समिति गठन गरी अध्ययन समेत गरेको थियो ।
No comments:
Post a Comment