हाम्रो शरीरले नै हामीलाई स्वास्थ्य बिग्रिन थालेको पूर्व सूचना दिन्छ । उक्त चेतावनीलाई मनन गरेर सावधानी अपनाउने होभने रोगको जटिलता कम हुन्छ र छिटै निको हुन्छ तर लापरवाही गर्ने होभने रोगले निकै दुख दिन्छ । प्रारम्भिक मानसिक स्वास्थ्य समस्याको रुपमा रहेको तनावका बारेमा पनि हाम्रो शरीरले पूर्व चेतावनी दिन्छ । यदि यस्ता पूर्व संकेतलाई वेवास्ता गरियो भने तनावको समस्या पाक्छ र शरीर उच्च रक्तचाप, हृदयाघात, डिप्रेसन जस्ता विभिन्न स्वास्थ्य समस्याको घर बन्दछ । आखिर ती पूर्वसूचना वा संकेतहरु के के हुन् ? जसबाट हामीले बुझ्नुपर्छ कि म तनावमा फसिरहेको छु :
१. यदि अनौठा खालका एकै प्रकारका सपनाहरु पटकपटक दोहोरिए भने बुझ्नुपर्छ कि आफूलाई पक्कै कुनैखाले तनावले सताइरहेको छ । घरमा आगो लागेको, बस छुटेको जस्ता सपनाहरु देखेर सपनामै ऐठन पर्ने समस्या तनावको सूचक हो ।२. मांसपेशी कडा हुनु तनावको दोस्रो लक्षण हो । मांसपेशी खुम्चिने, बाउँडिने र कहिलेकाहीं निकै दुख्ने समस्या दोहोरियो भने तनावले सताएको कुरा बुझ्नुपर्छ ।
३. आँखा फर्फराउनु पनि तनावको एक लक्षणको रुपमा लिइन्छ ।
४. दाँतले पनि तनावको सूचना दिन्छ । जो मान्छेले सपनामा दाँत किट्छ, चपाउँछ त्यो मान्छे तनावमा परेको छ भन्ने कुरा बुझ्नुपर्छ ।
५. महिलाको हकमा महिनावारी अनियमित हुनुपनि तनावको लक्षण हो । बढरु रक्तश्राव हुनु तथा पीडा हुनुपनि तनावका लक्षण मानिन्छन् ।
६. कपाल बढी झर्ने र खस्रो खैरो बन्दै जानुपनि तनावको लक्षणको रुपमा लिइन्छ ।
७. पेट दुख्नु, अपच हुनु, पेट कराउनु जस्ता लक्षणलाई पनि तनावका पूर्वसंकेतका रुपमा लिइन्छ ।
८. रुघाखोकीले बढी मात्रामा सतायो भनेपनि बुझ्नुपर्छ तनावले पिरोलिरहेको छ । तनावयुक्त मानिसको प्रतिरोधी क्षमता बढी हुन्छ र उसलाई चिसोले समाउने खतरा बढी हुन्छ ।

No comments:
Post a Comment