वृक्षारोपण भयो, संरक्षण भएन

सुर्खेतपत्र संवाददाता 
सुर्खेत १८ माघ ।
    वनको संरक्षण सबै मिलेर गर्नुपर्नेमा एक कार्यक्रमका अतिथिहरुले जोड दिएका छन् । मध्यपचिमाञ्चल क्षेत्रीय वन निर्देशनालय सुर्खेतको आयोजनामा विहीवारदेखि वीरेन्द्रनगरमा सुरु भएको क्षेत्रीय योजना तर्जुमा गोष्ठीमा वोल्दै उनीहरुले सो कुरामा जोड दिएका हुन् । गोष्ठीमा वोल्दै क्षेत्रीय प्रशासन कार्यालयका क्षेत्रीय प्रशासक शारदाप्रसाद त्रितालले हाम्रो समाजलाई आर्थिक समृद्धितिर मात्रै नभएर प्राकृतिक समृद्धितिर पनि लैजानुपर्ने बताए । उनले मध्यपश्चिम क्षेत्रमा वन जंगलहरु धेरै भएपनि उपयोग कम भएको जनाए । त्रितालले वनमा हुने  तस्करीलाई सबै मिलेर रोक्नुपर्नेमा जोड दिए ।
    यस्तै गोष्ठीमा बोल्दै प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम कुँवरले वनमा वृक्षारोपण सबैले गर्ने तर संरक्षण कसैले मात्रै गर्ने भएकोले वन मासिदै गइरहेकोमा चिन्ता व्यक्त गरे । वन अतिक्रमण हटाएर मात्रै समस्याको समाधान नहुने भन्दै उनले अतिक्रमण गर्नेलाई छानविनको उचित व्यवस्था गरेर मात्रै हटाइनुपर्नेमा उल्लेख गरे । उनले वनमा वृक्षारोपण संगसंगै वन संरक्षणपनि गर्नुपर्ने जिकिर गरे ।
    उनले सुर्खेतमा ७१ प्रतिशत जमीन जंगलको रहेपनि पर्याप्त उपलब्धी भने पाउन नसकेको बताए । उनले वनको महत्व सबैले बुझ्न नसकेकोले पनि वन मासिंदै गइरहेको जनाए । मध्यपश्चिम क्षेत्रीय वन निर्देशनालय सुर्खेतका निर्देशक अशोक ढुंगानाको अध्यक्षतामा भएको गोष्ठीमा वन तथा भू–संरक्षण मन्त्रालय वैदेशिक समोन्वय महासंघ शाखाका हरिहर सिग्देल, वन तथा भू–संरक्षण मन्त्रालय, योजना तथा जनशक्ति महासंघ शाखाका प्रमुख कृष्णप्रसाद आचार्य, वन तथा भू–संरक्षण मन्त्रालय, अनुगमन तथा मूल्यांकन महाशाखाका प्रमुख गोपालप्रसाद आचार्य लगायतले वनको संरक्षणमा सबै एक जुट हुनुपर्नेमा जोड दिएका थिए । गोष्ठी आज शुक्रवार समापन हुने आयोजकले जानकारी दिएको छ ।
 

1 comment:

  1. विद्यार्थी साथीहरुले विश्वविद्यालयको कमीकमजोरी औल्याएर खबरदारी गर्नु सचेत नागरीकमा हुनुपर्ने एउटा धेरै राम्रो कुरा हो । विश्वविद्यालयलाई ताला बन्दी गर्ने, सुर्खेत बन्द गर्ने जस्ता विश्वविद्यालयलाई पछाडी धकेल्ने किसिमको विरोधका आन्दोलनहरु हुन । यसबाट आफु पनि अगाडी नजाने र अरुलाई पनि अगाडी जान नदिने कार्य मात्र हुन्छ । विश्वविद्यालयमा भएका कमीकमजोरीहरुलाई विश्वविद्यालयले सच्चाउदै जाने प्रतिबद्धता व्यक्त गरेका समाचारहरु विभिन्न पत्र पत्रिकामा आईसकेकाले आन्दोलनलाई निरन्तरता दिएमा फाईदा भन्दा बेफाईदा बढी हुन सक्ने सम्भावनाहरु देखिएको छ । विद्यार्थीहरुले सम्पूर्ण अन्दोलनका कार्यक्रमहरुलाई स्थगित गरी बाँकी रहेको बिवादका विषयमा वार्ताको माध्यमबाट समस्याको समाधान खोज्दा राम्रो हुन्छ ।

    ReplyDelete