सुर्खेतपत्र संवाददाता
जुम्ला, १८ माघ ।
जिल्ला प्रशासन कार्यालय जुम्लाबाट आर्थिक वर्ष २०६९/७० को आठ महिनाभित्रै एमआरपी वितरणबाट रु. २ लाख ५० हजार राजश्व संकलन भएको छ । विगत वर्षहरूमा हस्तलिखित राहदानी दिइने गरेकोमा करिब डेढ वर्षदेखि कम्प्यूटर प्रणालीबाट दिन थालेपछि वर्षैपिच्छे राहदानी लिनेहरूको संख्यामा वृद्धि भएको र यस आव २०६९/७० को माघ १५ सम्म करिब ४९ जनाले कार्यालय प्रयोजनका लागि र २ सय ११ जनाले द्रुततर प्रक्रियाबाट राहदानी लगिसकेको नायबसुब्बा भीमबहादुर चौलागाईंले जानकारी दिएका छन् ।
द्रुत प्रक्रियाका लागि जिल्ला प्रशासन कार्यालयबाट सिफारिस दिइ राहदानी विभागबाट रु. १० हजारमा एमआरपी लिने गरेको र कार्यालय प्रयोजनका लागि जिल्लाबाटै ५ हजार बैंक भौचर जम्मा गरेमात्र फारम अगाडि बढाउने गरेको नासु चौलागाईंले बताए । राहदानी लिनेहरूमा अघिल्लो वर्ष कार्यालय प्रयोजन र द्रुत गरी २ सय ४३ र यस वर्ष दुवै गरी २ सय ५७ जनाले एमआरपी लगिसकेको नासु चौलागाईंको भनाइ छ ।जिल्ला प्रशासन कार्यालय जुम्लाबाट आर्थिक वर्ष २०६९/७० को आठ महिनाभित्रै एमआरपी वितरणबाट रु. २ लाख ५० हजार राजश्व संकलन भएको छ । विगत वर्षहरूमा हस्तलिखित राहदानी दिइने गरेकोमा करिब डेढ वर्षदेखि कम्प्यूटर प्रणालीबाट दिन थालेपछि वर्षैपिच्छे राहदानी लिनेहरूको संख्यामा वृद्धि भएको र यस आव २०६९/७० को माघ १५ सम्म करिब ४९ जनाले कार्यालय प्रयोजनका लागि र २ सय ११ जनाले द्रुततर प्रक्रियाबाट राहदानी लगिसकेको नायबसुब्बा भीमबहादुर चौलागाईंले जानकारी दिएका छन् ।
कालिकोटको केन्द्र जुम्ला भएकाले कालिकोट र जुम्लाका विशेषगरी वैदेशिक रोजगारका लागि युवाले लगेको उनले जनाएका छन् । यसमा एमआरपी लिने महिलाको संख्या भने अत्यन्तै न्यून रहेको छ ।
No comments:
Post a Comment