सुर्खेतपत्र संवाददाता
डडेल्धुरा, १८ माघ ।
डडेल्धुरामा गरिबी निवारण कोषले सडक योजनाको लाखौं रकम दुरुपयोग गरेको खुलासा भएको छ । गरिबी निबारणको आर्थिक सहयोगमा निर्माणाधिन जिल्लाका ४ वटा ग्रामिण सडकहरुमा डोजर प्रयोग गरेर लाखौं रकम अनियमितता भएको हो । जनसहभागितामा आधारित सडक भनिए पनि डोजरमार्फत धमाधम ठेक्का प्रणालीबाट सडक निर्माण हुन थालेपछि चरम आर्थिक अनियमितता भएको हो । नियम बिपरित रुपमा सडक निर्माण गरेर किर्ते जनसहभागिताको हस्ताक्षर गराएर लाखौं रकम अनियमितता भएको भन्दै स्थानीय राजनीतिकर्मीहरुले छानबिनका लागि माग गरेका छन् ।
सम्झौता एकातिर हुने काम अर्कैतिर गर्ने परिपाटीले बिकास निर्माण ध्वस्त मात्रै होइन लाखौं रकम दुरुपयोग भएको एमाले नेता नरबहादुर बिष्टले बताए । डडेल्धुरामा डेढ करोड रुपैयाँ डोजर लगाएर खर्च भएको देखाएको छ । जनताको किर्ते दस्तखत गराएर लाखौं रकम अनियमितता गरेको बिष्टले बताए । उनले डोजर लगाउनु नै नियम बिपरित कार्य भएको बताए । डडेल्धुरामा गरिबी निवारण कोषले सडक योजनाको लाखौं रकम दुरुपयोग गरेको खुलासा भएको छ । गरिबी निबारणको आर्थिक सहयोगमा निर्माणाधिन जिल्लाका ४ वटा ग्रामिण सडकहरुमा डोजर प्रयोग गरेर लाखौं रकम अनियमितता भएको हो । जनसहभागितामा आधारित सडक भनिए पनि डोजरमार्फत धमाधम ठेक्का प्रणालीबाट सडक निर्माण हुन थालेपछि चरम आर्थिक अनियमितता भएको हो । नियम बिपरित रुपमा सडक निर्माण गरेर किर्ते जनसहभागिताको हस्ताक्षर गराएर लाखौं रकम अनियमितता भएको भन्दै स्थानीय राजनीतिकर्मीहरुले छानबिनका लागि माग गरेका छन् ।
‘जनसहभागितामा सडक निर्माण गर्ने सम्झौता गरिएका छन् तर ४ वटै सडकमा डोजरमार्फत काम गरिएको छतर गरिबी निबारण कोषले के हेरेर बस्यो हाम्रो चिन्ताको बिषय यहाँ हो,’ बिष्टले भने ।
गरिबी निबारण कोष अन्तर्गत स्थानीय सामुदायिक २० वटा सस्थामार्फत जनश्रमदान गरेर निर्माण हुनुपर्ने प्रावधानलाई मिच्दै डेढ करोड रुपैंया लागतमा १७ किलोमिटर सडकमा डोजर लगाइएको हो । गरिवी निवारण कोषको २०६८ वैशाख ३ गते वसेको वोर्ड वैठकले गरेको निर्णय विरुद्ध डडेल्धुरामा डोजर प्रयोग गरिएको गरिवी निवारण कोषका इन्जिनियर शंकर यादवले वताए ।
डडेल्धुराका भद्रपुर, गणेशपुर, अजयमेरु, वगरकोट गविसका ४ सडकहरुमा डोजर प्रयोग गरिएको उनले वताए । यादवका अनुसार ४ किलोमिटर वगरकोटको खुल्लाखेतदेखि सिराड सडक, साढे ४ किलोमिटर अजयमेरुको ग्रामिण सडक साढे ४ किलोमिटर गणेशपुरको पारिखेतदेखि वडालसम्म, साढे ४ किलोमिटर बगरकोट–भद्रपुर सडक गरी कूल १७ किलोमिटर सडक निर्माण गरिएको छ । प्रति सडकमा ३५ लाख रुपैयाँका दरले १ करोड ४० लाख रुपैयाँ खर्च भएको देखाएको छ ।
No comments:
Post a Comment