वादी महिलालाई आइरन चक्की

सुर्खेतपत्र संवाददाता 
सुर्खेत, ७ फागुन ।
    लाटिकोइली–१ झुप्रा खोलास्थित वादी समुदायका महिलाहरुलाई आइरन चक्की वितरण गरिएको छ । लायन्स क्लव अफ सुर्खेत काँक्रेविहारको सामाजिक जनचेतना कार्यक्रम अन्तर्गत सोमबार एक कार्यक्रमका वीच झुप्रा खोलाका वादी समुदायका महिलाहरुलाई आइरन चक्की वितरण गरेको हो ।
    वादी समुदायका करिव एक सय जना महिलाहरुलाई आइरन चक्की वितरण गरिएको लायन्स क्लव अफ काँक्रेविहारले जनाएको छ । स्वास्थ्यको पहुँचबाट टाढा रहेका झुप्रा खोलाका वादी समुदायका महिलाहरुले रक्तअल्पदाका वारेमा आफूहरुलाई कुनै जानकारी नभएको बताए ।
    झुप्राका पम्फा वादीले रक्तअल्पता रोगका वारेमा अहिलेसम्म पनि नसुनेको बताइन । उनले स्वास्थ्यमा पहुँच नभएका कारण रगतको कमीले शरीरमा हुने संक्रमणकाबारे आफूले पहिलो पटक जानकारी पाएको बताइन् । यसैगरी तिलसरी वादीले यसअघि रक्तअल्पताका बारेमा आफ्नो समुदायका अधिकांश महिलाहरुले थाहा नपाएको उल्लेख गरिन् । उनले रक्तअल्पताकावारेमा समुदायमा जनचेतनामूलक कार्यक्रमको आवश्यकता रहेको बताइन् ।
    रगतको कमीले हुने विभिन्न रोगलाई नियन्त्रण गर्नका लागि वादी महिलाहरुलाई आइरन चक्की वितरण गरिएको लायन्स क्लव अफ सुर्खेतका जोन चियर परसन जगत खड्काले जानकारी दिए ।
    लायन्स क्लव अफ काँक्रेविहारका अध्यक्ष कल्पना कार्कीले वादी समुदायका महिलाहरु स्वास्थ्यमा सहज पहुँच पुर्‍याउन नसक्ने भएकाले यसैलाई लक्षित गरेर कार्यक्रम आयोजना गरेको बताइन् । उनले आइरन चक्की गर्भवती महिलाले मात्रै नभइ शरीरमा रगतको कमी भएका महिलले प्रयोग गर्दा फाइदा हुने जानकारी दिनइन् ।
    ओमेन परसन जमुना पाण्डेले झुप्रा खोलामा कडा परिश्रम गर्ने महिलाहरुमा रगतको कमी देखिएकाले उनीहरुलाई विभिन्न रोगको संक्रमणबाट रोक्नका लागि आइरन चक्कीले सहयोग पुर्‍याउने बताइन् । कार्यक्रममा करिब एक सय जना वादी समुदायका महिलाहरुलाई नि:शुल्क औषधि वितरण गरिएको थियो ।
 

No comments:

Post a Comment