आजदेखि क्षेत्रीय रनिङ्गशिल्ड प्रतियोगिता

सुर्खेतपत्र संवाददाता 
सुर्खेत, १० बैशाख ।
    आज विहीवारदेखि सुर्खेतमा छैठौं क्षेत्रीय राष्ट्रपति रनि· शिल्ड खेलकुद प्रतियोगिता सुरु हुदैंछ । मध्य पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको आयोजना र जिल्ला खेलकुद विकास समिति सुर्खेतको संयोजनमा आज विहीवारदेखि शनिवारसम्म सो प्रतियोगिता हुदैंछ ।
    प्रतियोगितामा एथ्लेटिक्स छात्र/ छात्रा १३ इभेन्टस, भलिवल छात्र/ छात्रा, कराँते ८ इभेन्ट्स, तेक्वान्दो ६ इभेन्ट्स र ऊसु ६ इभेन्ट्स गरी ५ वटा खेलको प्रतिस्पर्धाका लागि १५ जिल्लाका ६ सय खेलाडी तथा अफिसियलहरुको सहभागिता हुने क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख विष्णु शर्माले
बताए । यस प्रतियोगिताबाट ८१ जना खेलाडी तथा अफिसियलहरु छनौट गरी यही बैशाख १५ देखि १७ गतेसम्म काठमाडौंमा हुने छैठौं राष्ट्रिय राष्ट्रपति रनि· शिल्ड प्रतियोगितामा सहभागिता हुने उनले जनाए ।  

No comments:

Post a Comment