मातृभाषाको पढाइ हुन सकेन

सुर्खेतपत्र संवाददाता 
नेपालगन्ज, १० वैशाख ।
    बाँकेमा अझैसम्म पनि मातृभाषाको पढाइ सुरु हुन सकेको छैन । आवश्यक पाठयपुस्तक नहुँदा र अत्यावश्यक स्रोतसाधनको अभावले मातृभाषाको पठन पाठन हुन नसकेको हो । साना साना नानीहरूलाई मातृभाषामा शिक्षा दिादा सजिलैसंग बुझ्ने भएकाले राज्यले शिक्षा नियमावलीलाई परिमार्जन गरी शिक्षा नियमावली २०५९ मा अनिवार्य मातृभाषाको पढाइ लागू गर्नुपर्ने नियम बनाएको छ ।
    थारू र मधेसी समुदायको बाहुल्यता भएका विद्यालयमा समेत पाठयपुस्तक अभावले मातृभाषाको शिक्षा लागू गर्न नसकिएको विद्यालयहरूले बताएका छन् । जिल्ला शिक्षा कार्यालयले भने विद्यालयहरूले चासो नदिएका कारण मातृभाषाको पढाइ सञ्चालनमा समस्या भएको जनाएको छ । े कार्यालयका योजना अधिकृत मनप्रसाद रेग्मीले मातृभाषाको पढाइका लागि शिक्षकहरूलाई तालिम दिए पनि विद्यालयहरूले खासै पहल नगरेको बताए । 
 

No comments:

Post a Comment