सुर्खेतपत्र संवाददाता
सुर्खेत, १४ बैशाख ।
भनिन्छ, कला र प्रतिभालाई उमेरले छेक्दैन । सानै उमेरमा पनि कुनै न कुनै छाप छोड्न सफल हुने गरेको थुप्रै उदाहरण छन्, यस्तै उदाहरण बनेकी छन्, बर्दिया प्रगतिपुरकी ९ बर्षीया प्रशंसा पाण्डे मगर । सुर्खेतमा शनिवार सम्पन्न छैठौं राष्ट्रपति क्षेत्रीय रनिंग शिल्ड प्रतियोगितामा ऊसुको छानछ्वान इभेन्टमा मेडल जितेर प्रतियोगिताकै सवैभन्दा कान्छी खेलाडीको रुपमा उदयीमान भइन् ।
बर्दियाबाट सहभागी हुन आएकी प्रशंसा अहिले पेट्रियट इंग्लिस मिडियम बोर्डि· स्कुलमा कक्षा ४ मा पढ्दै थिन् । ९ बर्षको उमेरमै क्षेत्रीय प्रतियोगितामा पदक जितेर जिल्लाको नाम राख्न सफल भएकोमा आफूलाई निकै खुशी लागेको प्रशंसाले बताइन् । क्षेत्रीय प्रतियोगितामा आफूले पाएको यो ठूलो पुरस्कार भएकोमा गर्व लागेको बताउँदै उनले आफूले पढाइ र खेललाई जारी राख्ने जानकारी दिए ।
प्रशंसाको प्रतिभा देखेर बाबु मोहनबहादुर पाण्डेमगर पनि निकै खुशी छन् । खेल्न सुरु गरेको ३ महिनामै छोरीले क्षेत्रीय प्रतियोगितामा मेडल जित्न सफल भएकोमा निकै खुशी लागेको बताउँदै ऊसु खेलका प्रशिक्षकसमेत रहेका बाबु मोहनले जिल्लामा छनौट हुँदा नै प्रंशसाले मेडल जित्ने विश्वास गरेको बताए । प्रशंसा प्रतियोगिताकै सवैभन्दा कान्छी खेलाडी र त्यो पनि पदक जित्न सफल भएको मा गौरवको अनुभूति भएको जानकारी उनले दिए । उनले छोरीलाई आफूले खेल्न कर नगरेको तर इच्छा अनुसार नै खेलेकोले भविष्यमा राम्रो खेलाडी बन्न सक्ने सम्भावना देखिएको उनको भनाइ छ ।
प्रशंसाले बर्दियामा छनौट खेल जितेर नै क्षेत्रीय प्रतियोगितामा सहभागी हुन आएको बर्दिया जिल्ला खेलकुद विकास समितिका अध्यक्ष महेश चन्दले बताए । उनले क्षेत्रीय प्रतियोगितामा मेडल मात्र होइन प्रतियोगिता अवधिभर सवैको मन जित्न सफल भएको उल्लेख गरे । प्रशंसामा खेलाडीमा हुने सवै गुण भएको र सानै उमेरबाट मेडल जित्न सुरु गरेकोले सवैको सहयोग आवश्यक रहेको बताए । प्रशंसा यही बैशाख १५ देखि १७ गतेसम्म काठमाडौं हुने राष्ट्रिय रनि· शिल्ड प्रतियोगिताबाट मध्यपश्चिम क्षेत्रबाट छनौटसमेत भइसकेकी छन् । सुर्खेतका ऊसु प्रशिक्षक रमेश तुलाधरले प्रशंसाले क्षेत्रीय प्रतियोगिता मा पदक जितेर आफूलाई सक्षम खेलाडी बनाउन सफल भएको बताए । क्षेत्रीय प्रतियोगितामा सहभागी मध्यपश्चिमका १३ जिल्लाका करिव ६०० खेलाडीमध्ये प्रशंसा नै सवैभन्दा कम उमेरको रहेको बताइएको छ ।

No comments:
Post a Comment