सुर्खेतपत्र संवाददाता
सुर्खेत, १२ बैशाख ।
सुर्खेतमा गत मंगलवारदेखि विद्युतले दिनु दु:ख दिएको छ । तोकिएको लोडसेडिङ तालिका अनुसार विद्युत नआउँदा उपभोक्ताहरु मर्कामा परेका छन् । मंगलवार र बुधवार भारतबात आउने विद्युत टनकपुरमा मर्मत गर्नुपरेको भन्दै दिनभर नआएको र साँझ ६ बजे आउने सूचना गरिएपनि नआउँदा उपभोक्तालाई ठगेको थियो । यस्तै राती ११ बजे आउने विद्युत १२ बजे, र १२ बजे आउने विद्युत १ बजे आउने गरेको छ । विहान पनि ८ बजे जानुपर्ने विद्युत ७ बजे नै गएको छ । विद्युत अनियमित हुँदा संचारमाध्यम, छापाखाना प्रताडित बनेका छन् । विद्युत प्राधिकरण सुर्खेतमा फोन गरेर जानकारी लिन खोज्दै सधैं व्यस्त हुने गरेको छभने उठिहालेमा कोहलपुरबाट सिस्टम फेल भएको भन्ने रेडिमेड जवाफ पाइने गरेको छ ।

No comments:
Post a Comment