राष्ट्रपति कप क्षेत्रीय रनिङ्ग शिल्ड प्रतियोगिता: तेक्वान्दो स्थगित, खेलाडी अन्यौलमा

सुर्खेतपत्र संवाददाता 
सुर्खेत, १२ बैशाख ।
    विहीवारदेखि सुर्खेतमा सुरु भएको राष्ट्रपति कप क्षेत्रीय रनि· शिल्ड प्रतियोगितामा तेक्वान्दो खेल स्थगित गरिएको छ । खेलमा रेफ्रीको विवादले गर्दा उक्त खेल स्थगित भएको बताइन्छ । तेक्वान्दो संघ र तेक्वान्दो युनियनवीच रेफ्री पाउने विवादले क्षेत्रीय प्रतियोगितामा समावेश उक्त खेल स्थगित भएको हो ।
    संघ र युनियनको विवाद केन्द्रदेखि जिल्ला तहसम्म कायमै रहेको सम्वद्ध स्रोत बताउँछ । प्रतियोगितामा युनियनले ७ वटा रेफ्री आफूले माग गरेको तर संघले ३ वटा भन्दा बढी दिन मानेपछि खेल स्थगित गर्नुपरेको जिल्ला खेलकुद विकास समिति सुर्खेतका अध्यक्ष एवं प्रतियोगिता संयोजक डिल्ली सुवेदीले बताए । उनले सहमतिमा दुवै पक्षलाई मिलाउन बारम्बार प्रयत्न गर्दापनि नसकेपछि अन्तत: खेल नै स्थगित गर्न बाध्य भएको जिकिर गरे ।
    तेक्वान्दो खेल खेल्न सुर्खेतसहित ९ जिल्लाबाट ५० भन्दा बढी खेलाडी सहभागी थिए ।
    तेक्वान्दोसहितका ५ वटा खेलहरु सुर्खेतमा हुने भनिएपनि तेक्वान्दो खेललाई एक्कासी स्थगित गरिएको
हो । तेक्वान्दो खेलमा प्रतिस्पर्धा गर्न विभिन्न जिल्लाबाट खेलाडी तथा अफिसियलहरु सुर्खेत आइसकेका थिए । खेल स्थगित भएपनि खेलाडी तथा अफिसियलहरु अन्यौलमा परेका छन् ।
    यसैवीच तेक्वान्दो खेल स्थगित भएकोमा राष्ट्रिय तेक्वान्दो युनियन सुर्खेतले आपत्ति जनाएको छ । शुक्रवार विज्ञप्ति प्रकाशित गरी युनियनले क्षेत्रीय प्रतियोगिता तेक्वान्दो खेल समावेश गरिए अनुसार सयौं खेलाडीहरु सुर्खेत आइसकेको बेलामा एक्कासी स्थगित गरिएकोमा आपत्ति जनाइएको छ । खेल संचालनका लागि विभिन्न छलफल गरिएपनि एकल र मनोमानी निर्णयबाट खेल स्थगित गरिएकोमा आक्रोश पोख्दै विज्ञप्तिमा खेलाडीहरुलाई अन्यौल बनाइएकोमा विरोध गरिएको छ । युनियनले न्यायोचित ढंगले प्रविधिक पक्षको व्यवस्थापन गर्दै खेल संचालन गर्नपनि माग गरिएको छ ।
    साथै तेक्वान्दोल खेल संचालनका लागि केन्द्रबाट बजेट आएको तर यहाँ स्थगित गरिएपनि खर्च गरेको देखाएमा त्यसको जिम्मेवारी राखेप, मप क्षेत्रीय खेलकुद विकास समिति र प्रतियोगिता संयोजकले लिनुपर्ने चेतावनी दिदैं प्रतियोगिता स्थगित गर्नुको कारण र बजेटका सम्वन्धमा आवश्यक छानविन गर्न गरी दोषीलाई कारबाही गर्न आग्रह गरिएको छ । 
 

No comments:

Post a Comment