वडास्तरीय फुटवल हुने

सुर्खेतपत्र संवाददाता 
सुर्खेत, ११ बैशाख ।
    जिल्ला फुटवल संघ सुर्खेतको समन्वय तथा वीरेन्द्रनगर नगरपालिकाको आयोजनामा यही बैशाख २६ देखि ३१ गतेसम्म वडास्तरीय फुटवल प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा १८ बर्ष मुनिका खेलाडीलाई सहभागी
गराइनेछ । प्रतियोगितामा विजेता टोलीलाई ट्रफी, मेडल र प्रमाणपत्रसहित नगद १० हजार, उपविजेतालाई ट्रफी, मेडल र प्रमाणपत्रसहित नगद ५ हजार र व्यक्तिगत विधातर्फ, सर्वोत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट गोलरक्षक, सर्वोत्कृष्ट डिफेन्डर तथा सर्वाधिक गोलकर्तालाई जनही २/२ हजार प्रदान गरिनेछ । वडाको प्रतिनिधित्व गर्दै सहभागी हुन आउने टीमले वडा सचिवको सिफारिस अनिवार्य रुपमा समावेश गरी यही बैशाख २० गतेसम्म टिममा दर्ता गर्नुपर्ने जिल्ला फुटवल संघका महासचिव गणेशकुमार कार्कीले बताए ।  

No comments:

Post a Comment