अतिक्रमित घरटहरा धमाधम हटाइदैं

सुर्खेतपत्र संवाददाता 
सुर्खेत, १० बैशाख ।
    डिभिजन सडक कार्यालय सुर्खेतले सडक अतिक्रमण गरी बनाइएका घरटहरा हटाउन सुरु गरेको छ । झण्डै ६ महिनाको गृहकार्य पछि सडकले ती घरटहरा हटाउन सुरु गरेको हो । रत्न राजमार्गको हर्रेदेखि बांगेसिमल सम्मको करिव ४४ किलोमीटर सडक मिचेर बनाइएका संरचनाहरु गत आइतवारदेखि डोजर लगाएर हटाउन थालिएको हो ।
    सडकको २५ मिटर जग्गा सडककै हुनेभएकोले त्यसभित्र बनाइएका भौतिक संरचनाहरु भत्काउने काम गरिएको छ । अवैध घरटहराहरु हटाउन सडकले विभिन्न चरणमा विभिन्न प्रक्रियाहरु पुरा गरेको
थियो । ३५ दिने सूचना प्रकाशित
गरी आफै घरटहरा हटाउन सुरुमा आग्रह गरेको थियोभने त्यसपछि प्रहरी प्रशासन, राजनीतिक दलहरुसंग पनि छलफल गरी रायसुझाव संकलन गरेको थियो । छलफलमा पनि सडकको जग्गा अतिक्रमण गरी बनाइएका घरटहरा हटाउन सहमति भएपछि सडकले यो कदम उठाएको हो ।
    करिव ५० प्रतिशतले सूचना र समाचारका माध्यमबाट आफै हटाएको र बाँकी नहटाएकालाई डोजर लगाएर हटाउनु परेको कार्यालयका निमित्त प्रमुख तुलाराम शर्माले बताए ।
    सडकको जग्गाभित्र अवैध रुपमा घरटहराहरु निर्माण गरिंदा बर्षा याममा ढल थुप्रिने र जसले गर्दा धनजनको क्षति हुने भएकोले हटाउनु परेको डिभिजन सडक कार्यालयले जनाएको छ । सडकले फिताले नाप्दै २५ मिटरभित्र बनाइएका संरचनाहरु डोजर लगाएर भत्काएको छ । ती संरचना भत्काउन डिजिभन सडकलगायत प्रहरीको संलग्नता छ । सडकको स्तरोन्नति गर्न र सुरक्षाका लागि हटाइएको कार्यालयले जनाएको छ । 
 

No comments:

Post a Comment