पदाधिकारी चयन नगरेरै प्रतिनिधिलाई घर पठाइयो

सुर्खेतपत्र संवाददाता 
रुकुम, १३ वैशाख ।
    पदाधिकारी चयनमा विवाद हुने देखिएपछि एकीकृत नेकपा (माओवादी) रुकुमले जिल्ला सम्मेलनमा आएका प्रतिनिधि तथा पर्यवेक्षकलाई घर पठाएको छ ।
    जिल्ला सदरमुकाम खलङ्गामा दुई दिनसम्म चलेको सम्मेलनबाट ३८ जनाको नयाँ कार्य समिति सर्वसम्मत चयन गरिए पनि पदाधिकारी चयनबिनै प्रतिनिधि र पर्यवेक्षकलाई घर पठाइएको हो ।
    सर्वसम्मत कार्य समिति चयन भएपछि पदाधिकारी चयनको जिम्मा पनि कार्य समितिलाई नै दिइएको एकीकृत नेकपा (माओवादी) का नेता देवीलाल गौतमले बताए । दुवैले अध्यक्षमा दाबी नछाडेपछि निर्वाचनमा जानुभन्दा सर्वसम्मत गराउने प्रयासस्वरूप पदाधिकारी चयनको जिम्मा कार्य समितिलाई दिइएको जनाइएको छ । सम्मेलनबाटै सबै काम सक्नुपर्नेमा त्यसो नभएको भन्दै प्रतिनिधिहरू आक्रोशित भएका
थिए । नयाँ कार्य समितिले पदाधिकारी चयनका साथै १३ जना सदस्य मनोनित पनि गर्नेछ । सम्मेलनले १९ जनालाई राष्टिूय सम्मेलनको प्रतिनिधि चयन गरेको छ । जनार्दन शर्मा, हेमन्तप्रकाश ओली, गणेशमान पुन, कमला रोकालगायतका नेताहरू केन्द्रीय प्रतिनिधिमा परेका छन् ।  

No comments:

Post a Comment