प्रक्रिया पूरा गरी वस्ती हटाइएको

सुर्खेतपत्र संवाददाता 
सुर्खेत, २ वैशाख ।
    भेरी सामुदायिक वन उपभोत्ता समूहले लाटिकोइली–१ भाङघारीमा अतिक्रमण गरी वसेकाहरुलाई वन नियमानुसार हटाइएको जनाएको छ ।
    समूहले मगंलवार विज्ञप्ति निकाली वीरेन्द्रनगर ९, १० र ११ वडाको कार्यक्षेत्र भित्रपर्ने भाङघारीमा अतिक्रमण गरेर बसेकाहरुलाई नियम अनुसार नै हटाइएको जनाएको हो ।
अतिक्रमण गरी बसेको वस्तीलाई हटाउन सार्वजनिक सूचान गरिएको र सूचनाका आधारमा उनीहरु आफैले वस्ती हटाएको विज्ञप्तिमा उल्लेख छ ।
    भेरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष प्रेमकुमार आचार्य र सचिव सुमीत्रा कोइरालाद्वारा हस्ताक्षरी विज्ञप्तिमा उल्लेख गरिएको छ । यसैवीच राष्ट्रिय भूमिअधिकार मञ्च नेपाल सुर्खेतले भाङघारीको घटनाप्रति आफ्नो गम्भीर ध्यानकर्षण भएको जनाएको छ । विगतदेखि नै सो स्थानमा  बसोबास गर्दै आएका सुकुम्वासीको वस्तीमा आगजनी गर्नु बस्न पाउने अधिकारको विरोधमा भएको मञ्चको विज्ञप्तिमा उल्लेख गरिएको छ । 
 

1 comment:

  1. thula bada le desh nai khaya pani kehi na hune aakhir uni pani t nepali nai hun ni nepal ma na baser kanha gayar basne tarai ma india bat aayar t nagrikta pai basombash gari base ko bela hami aafanai desh ka nagarik lai uthi bas laune yo kanha ko niyam ho yo

    ReplyDelete